Menu

आजको मौसम

कांग्रेस हुम्लाको सभापतिमा मोहनविक्रम सिंह निर्वाचित

Author
Trilok Khabar |
October 03, 2021

१७ असोज, सुर्खेत । नेपाली कांग्रेस हुम्लाको सभापतिमा मोहनविक्रम सिंह निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित सिंह १४औं महाधिवेशन अन्तर्गत जिल्ला सभापति निर्वाचित हुने कर्णालीको पहिलो व्यक्ति हुन् ।

सातौं जिल्ला अधिवेशनले सिंहलाई सर्वसम्मत सभापति चयन गरेको हो । सिंह पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन् । उनी २०६२ यता निरन्तर कांग्रेसको जिल्ला सचिव रहेका थिए ।

निर्वाचन समितिका अनुसार कांग्रेस हुम्लाको उपसभापतिमा कैलाश भण्डारी र वसन्त रोकाय निर्वाचित भएका छन् । त्यस्तै सचिवमा विजया बुढा र कृष्णबहादुर बोहरा, सहसचिवमा दिलबहादुर शाही र पाल्जोर तामाङ निर्वाचित भएका छन् ।

जिल्ला कार्यसमितिमा कटकबहादुर लामा, नन्दबहादुर शाही, अंगबहादुर शाही, प्रेमबहादुर सिंह, ङपुड ग्याल्जोङ लामा, रत्नलाल खड्का र सूर्य शाही चयन भएका छन् ।

त्यस्तै महिला सदस्यतर्फ पाल्डोन लामा, सुना बुढा, उजेली थापा, कन्यावती जैसी, सपनाकुमारी सिंह ठकुरी, नन्दसरा शाही र वविता कुशुम शाही निर्वाचित भएका छन् । समावेशीतर्फ हिरबहादुर शाही, गुरु कार्की, नवराज भण्डारी, लोक्ते काकी, खसआर्य तर्फ मुगा बोहरा, गोरे पुन, धनकुमारी ऐडी, चेतना गिरी र नरबहादुर रावल चयन भएका छन् ।

तुलनात्मक रुपमा हुम्लामा संस्थापन इतर समूह कमजोर छ । हुम्लामा विगतदेखि नै संस्थापन पक्षको दबदबा छ । संस्थापन समूहका नेता एवम् नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको गृह जिल्ला हो ।



https://ift.tt/eA8V8J

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3