Menu

आजको मौसम

आईपीएलमा कोलकाताले हैदरावादलाई हरायो

Author
Trilok Khabar |
October 04, 2021

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अन्तर्गत आइतबार राति भएको  खेलमा कोलकता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको छ ।

ओपनर शुभमन गिलको अर्धशतक मद्दतमा हैदरावादले दिएको ११६ रनको लक्ष्य कोलकताले १९.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गर्‍यो ।

गिलले ५१ लब खेल्दै १० चौका मद्दतमा ५७ रन बनाए । नितिस रानाले २५ जोडे भने दिनेश कार्तिकले अविजित १८ रन बनाए । हैदरावादका जासन होल्डरले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरवादले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो ।

हैदरावादका कप्तान केन विलियम्सनले २६, अब्दुल समादले २५ र प्रियम गार्गले २१ रन बनाए ।

कोलकाताका टिम साउथी, शिभम माभी र वरुण चक्रवर्तीले २/२ विकेट लिए ।

जितपछि कोलकताले प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । १३ खेलबाट १२ अंकसहित कोलकता चौथो स्थानमा छ । कोलकताले अन्तिम खेलमा राजस्थान रोएलसँग खेल्नेछ ।

प्लेअफ होडबाट बाहिरिसकेको हैदरावाद चार अंकसहित पुछारमा छ।



https://ift.tt/eA8V8J

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3