Menu

आजको मौसम

पूर्व राज्यमन्त्री साहलाई उच्च अदालतद्वारा ७ बर्ष कैद

Author
Trilok Khabar |
October 05, 2021
Featured

जनकपुरधाम । जनकपुर बम काण्डको मुद्दामा मुख्य योजनाकार बनाइएका पूर्व राज्यमन्त्री सञ्जय साहको विषयमा जिल्ला अदालत धनुषाले गरेको जन्मकैदको फैसला उच्च अदालत जनकपुरले उल्टाएको छ ।

जिल्ला अदालत धनुषाले पूर्व राज्यमन्त्री साहलाई जन्मकैदको फैसला गरेकोमा उच्च अदालत जनकपुरले ७ वर्ष हुने गरि फैसला गरेको छ । यस अघिको जिल्ला अदालतले गरेको फैसला उच्च अदालत जनकपुरमा गरेको रिटमाथि सुनुवाइ सुरु गर्दै हिजो साँझ न्यायाधीशद्वय धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलासले उक्त फैसला गरेको छ । 

उच्च अदालतका रजिष्ट्रार खड्गराज अधिकारीका अनुसार साहमाथि ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान मुद्दा चलेको छ । जसमा ज्यान मार्ने उद्योगमा जिल्ला अदालतले गरेको जन्मकैदको फैसलालाई ७ वर्ष मात्रै सजाय हुने फैसला गरेको उहाँले बताउनुभयो । 

पूर्व राज्यमन्त्री साह माथि रहेको अर्को मुद्दा कर्तव्य ज्यानमा षड्यन्त्र गरेर घटना गराएको अभियोगमा कसुरदार ठहर गरिएको छ । उक्त मुद्दामा सजाय निर्धारण नगरेको रजिष्ट्रार अधिकारीले बताउनुभयो । कर्तव्य ज्यान र षड्यन्त्रको बहस कात्तिक १५ गते हुने रजिष्ट्रारले जानकारी दिनुभयो । 

२०६९ साल वैशाख १८ गते मिथिला राज्यको माग गर्दै मिथिला राज्य सङ्घर्ष समितिले जनकपुरधामको रामानन्द चोकमा धर्ना बसेकोमा स्वायत्त मधेश प्रदेशको पक्षधर रहेको भन्दै पूर्व राज्यमन्त्री साहलाई योजनाकार बनाउने काम भएका थिए । शक्तिशाली बम विस्फोट हुँदा ५ जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएका थिए । 

बम विस्फोटको घटनामा मुख्य योजनाकार भएको अभियोगमा पूर्व राज्यमन्त्री साहलाई जन्मकैदको सजाय जिल्ला अदालत धनुषाले सुनाएको थिए । साह हाल काठमाडौँको नक्खु कारागारमा कैद भुक्तान गरिरहेका छन् । 

पूर्व राज्यमन्त्री साहलाई जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिंघानिया हत्यामा पनि धनुषा जिल्ला अदालतले जन्मकैद सजायको फैसला सुनाएको थियो । सिंघानीया हत्या काण्डमा पनि प्रमुख योजनाकारको रुपमा साहलाई बनाइएको थियो । 



https://ift.tt/2Yi5spF

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3