Menu

आजको मौसम

वीरगंजमा प्राविधिक विश्वविद्यालय स्थापनाका लागि अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस

Author
Trilok Khabar |
October 26, 2021
Featured

वीरगंज । प्रदेश २ सरकारले वीरगञ्जमा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

आज बसेको मन्त्री परिषद्को बैठकले वीरगंजमा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताउनुभयो । 

त्यसै गरी सरकारले सप्तरीमा समेत कृषि विश्वविद्यालय स्थापना गर्नका लागि अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । अध्यादेश जारी भए लगत्तै दुवै विश्वविद्यालय स्थापनाको बाटो खुल्ने मुख्यमन्त्री राउतले बताउनुभयो । प्रदेशसभा सञ्चालनमा नरहेकोले नेपालको संविधानको धारा २०२ बमोजिम प्रदेश सरकार अध्यादेश सिफारिस गरेको हो । 

कृषि तथा प्राविधिकसम्बन्धी स्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक अनुसन्धानलाई समय सापेक्ष, व्यापक, व्यवहारिक र स्तरीय बनाउन प्रदेशस्तरीय प्राविधिक तथा कृषि विश्वविद्यालय स्थापना आवश्यक देखिएकाले अध्यादेश सिफारिस गरिएको मुख्यमन्त्री राउतले बताउनु भयो । 

यसै गरी वीरगंज सहित जनकपुर र राजविराजलाई ‘ग्रिन सिटी, क्लिन सिटी’ अन्तर्गत पहिलो चरणमा १०/१० करोड रुपैयाँ बजेट विनियोजन गरी सरसफाई, बिजुली बत्ती तथा वृक्षारोपण कार्य सञ्चालन गर्ने निर्णय समेत गरिएको मुख्यमन्त्री राउतले जानकारी दिनुभयो । 

मन्त्रिपरिषद्ले प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणको कार्यलाई प्राविधिकसहितको उच्च स्तरीय टोलीद्वारा स्थलगत निरीक्षण गराई ढिलासुस्ती एवं गुणस्तरहीन काम गरेको पाइएमा ठेकेदार कम्पनीलाई बैङ्क ग्यारेन्टी जफतदेखि कालो सूचिमा राख्नेसम्मको कारबाही प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ । 

यसै गरी प्रदेश २ को मन्त्री परिषद् बैठकले वीरगंजकी एसिड पीडित किशोरी मुस्कान खातुनलाई थप उपचारका लागि ५ लाख रुपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री राउतले जानकारी दिनुभयो ।



https://ift.tt/3jAvz2U

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3