![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/10/%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%B8%E0%A4%BE%E0%A4%97%E0%A4%A2%E0%A5%80%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A5%A7-%E0%A4%B2%E0%A4%BE%E0%A4%96-%E0%A4%A8%E0%A4%97%E0%A4%A6-%E0%A4%B8%E0%A4%B9%E0%A4%BF%E0%A4%A4-%E0%A5%A8%E0%A5%A8-%E0%A4%9C%E0%A5%81%E0%A4%B5%E0%A4%BE%E0%A4%A1%E0%A5%87-%E0%A4%AA%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%89.jpg)
बीरगंज । पर्सागढी नगरपालिका वडा नम्बर ९ बडेर्वामा जुवा खेलिरहेको अवस्थामा गए राति प्रहरीले २२ जना जुवाडेलाई पक्राउ गरेको छ ।
पर्साको पर्सागढी बडेर्वामा गए राती जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान टोलीले विशेष सूचनाको आधारमा छापा मार्दा २२ जना जुवाडेलाई पक्राउ गरेको हो ।
घटनास्थलबाट प्रहरीले १ लाख रुपैयाँ नगदसहित २२ जना जुवाडेहरूलाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेको छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।
https://ift.tt/3jmwbsY
प्रतिक्रिया लेख्नुहोस्