Menu

आजको मौसम

रियल मड्रिड स्पानयोसँग स्तब्ध

Author
Trilok Khabar |
October 04, 2021

काठमाडौं । स्पानिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिड स्पानयोलसँग पराजित भएको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा स्पानयोलले रियल मड्रिडमाथि २-१ को जित हात पारेको हो ।

घरेलु मैदानमा खेलको १७औं मिनेटमा राउल थोमसले गोल गर्दै स्पानयोललाई अग्रता दिलाएका थिए । ६०औं मिनेटमा एलेक्स भिदालले गोल गर्दै स्पानयोलको अग्रता दोब्बर पारे ।

७१ औं मिनेटमा करिम बेन्जामाले एक गोल फर्काए पनि रियलले हार टार्न सकेन ।

सिजनको पहिलो हारपछि पनि रियल ८ खेलमा १७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । समान १७ अंक रहेको एट्लेटिको मड्रिड र रियल सोसिडाड दोस्रो र तेस्रो स्थानमा छन् ।

सिजनको दोस्रो जितपछि स्पानयोल ८ खेलबाट ९ अंक जोडेर १३औं स्थानमा रहेको छ ।



https://ift.tt/eA8V8J

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3