
वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रुपमा रक्सौलबाट वीरगंज तर्फ कारमा ल्याउँदै गरेको अवस्थामा ठूलो परिणाममा रहेको लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको गस्ती टोलीले विशेष सुराकीको आधारमा बा.४ च १०२१ नम्बरको कारलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजत जयन्ती चोक नजिकै चेकजाँचको क्रममा अवैध लागुऔषध १ सय मिलिलिटरको विनसिरेक्स २ सय ३७ बोतल, नाइट्राभेट ट्याब्लेट ६ सय पिस सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिनुभयो ।
प्रवक्ता कार्कीका अनुसार लागु औषधसहित पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ का २६ वर्षीय सुमन न्यौपाने र २८ वर्षीय रोशन लामा रहेका छन् ।
दुवैजना विरुद्ध लागु औषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो ।

https://ift.tt/3ChHrhK
प्रतिक्रिया लेख्नुहोस्