Menu

आजको मौसम

पाँच दलीय गठबन्धन, आउँदो निर्वाचनसम्म कायम रहन्छ – यादव

Author
Trilok Khabar |
October 11, 2021
Featured

वीरगंज । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृका यादवले ५ दलीय गठबन्धन प्रतिगमन विरुद्धको गठबन्धन भएको हुँदा आउँदो निर्वाचनसम्म सँगै लैजाने बताउनु भएको छ । 

रौतहटको यमुनामाई गाउँपालिकाद्वारा वडा दसैँ, तिहार तथा छठ पर्वको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले प्रतिगमन विरुद्धको आन्दोलनमा पार्टीका केही गद्दार नेताहरूले धोका दिएको बताउनुभयो । 

उहाँले समग्र आन्दोलनलाई धोका दिएर गएकाहरू फेरी फर्किने मानसिकतामा रहेको हुँदा उनीहरूले जनतासँग माफी मागेर मात्रै पार्टीमा भित्रिने वातावरण बनाउनु पर्ने कुरामा जोड दिनुभयो । 

कार्यक्रममा प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले सङ्घीयतालाई मजबुत गर्ने जिम्मा ५ दलीय गठबन्धनको हातमा रहेको बताउँदै प्रदेश २ मा प्रहरी समायोजन प्रक्रिया अगाडी बढिसकेको र सङ्घीय सरकारका गृहमन्त्रीसँग सहकार्य भइरहेको बताउनुभयो । 

उहाँले प्रतिगमनलाई परास्त गरी ५ दलीय गठबन्धन अगाडी बढिसकेको र अब समृद्धि र विकासको यात्रालाई कसैले रोक्न नसक्ने दाबी समेत गर्नुभयो । 

यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य दिलकुमारी साह, माओवादी केन्द्रका नेता गोपाल ठाकुर, समीर भट्टराई, शिवम साह लगायतको सहभागिता रहेको थियो । 



https://ift.tt/3Fzmot2

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3