
बारा । बाराको कलैया–नितनपुर सडक खण्डमा पर्ने बंगरी खोलाको पुल नबन्दा सर्बसधारणहरुलाई आवतजावत गर्न सास्ती खेप्नुपरिरहेको छ ।
बन्जरिया गाउँको पूर्वमा रहेको बंगरी खोलाको पुल समयमै नबनाउँदा सर्वसाधारणहरू जोखिमपूर्ण वारपार गर्न बाध्य हुँदै आएका छन् ।
स्थानीयहरूले पक्की पुलको विकल्पमा बाँसको पुल बनाएर जोखिमपूर्ण आवतजावत गर्दै आएका छन् ।
निर्माण कम्पनीले बंगरी खोलाको पुललाई सात वर्षदेखि अलपत्र पारेर छोड्दा खोलामा बाढी आएको बेलामा सर्वसाधारणहरूलाई बाँसको पुलबाट आवतजावत गर्दा ज्यान नै जोखिममा पर्ने गरेको बन्जरियाका स्थानीयहरूले गुनासो गरेका छन् ।
खोलामा बाढी आएको बेलामा बाँसको पुलबाट नै मानिसको साथसाथै गाईबस्तु र बाख्रा समेतले वारपार गर्नुपर्ने बाध्यता छ ।
दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी २०७१ साल असारमा निर्माण कम्पनी एलाईट/मोना जेभीलसँग बंगरी खोलाको पुल निर्माणको सम्झौता भएको सडक डिभिजन कार्यालय हेटौँडाले जनाएको छ ।
निर्माण कम्पनीको लापरबाहीले पुल निमार्ण कार्य अधुरै रहन गएको सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख खड्गलाल श्रेष्ठले बुताउनुभयो ।
निर्माण कम्पनीले समयमै पुलको निर्माण कार्य पूरा नगरेपछि निर्माण कम्पनीका प्रोपाइटरहरुलाई पुलको निर्माण कार्य पूरा गर्न पत्राचार गरी दबाब दिएको श्रेष्ठले जानकारी दिनुभयो ।
सम्झौताअनुसार कलैया–नितनपुर सडक खण्ड अन्तर्गत बन्जरियामा पर्ने बंगरी खोलाको पुललाई एलाईट÷मोना जेभीले पाँच करोड ४३ लाखमा २०७३ असारभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म अधुरै छोडिएको छ ।
https://ift.tt/3G190y2
प्रतिक्रिया लेख्नुहोस्