स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

कोरोनाले थलिएको आर्थिक गतिविधि चलायमान बन्दै

SHARE:

जनकपुरधाम । जनकपुरधाममा शुरु भएको दशै बजारबाट कोरोनाका कारणले सुसुप्त बनेको आर्थिक गतिविधि तीव्र हुने भएको छ । असोज २१ गते घटस्थापना देखि शुरु भएको दशै बजार असोज २७ गते महाअष्टमीसम्म चल्नेछ । 

जनकपुरधाम उद्योग वाणिज्य सङ्घको पहलमा जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वय तथा सहकार्यमा शुरु भएको दशै बजारले स्थानीय तथा राष्ट्रिय उत्पादनहरू बढी मात्रामा रहेकाले देशकै आर्थिक गतिविधि बढ्ने विश्वास धनुषाका प्रमुख जिल्ला अधिकारी एवं मेला व्यवस्थापन समितिका अध्यक्ष बन्धुप्रसाद बास्तोलाको रहेको छ ।  

मेलामा खाद्यान्न सामाग्रीहरू, साबुन, अगरबत्ती, चाउँचाउँ, बिस्कुट, प्लास्टिकका भाडा वर्तन, कपडा, चप्पल जुत्ता, शृङ्गारका सामाग्रीहरू सहितका अन्य दैनिक उपभोग्य सामाग्रीहरू बिक्री कक्षमा राखिइएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घले जनाएको छ । 

कोरोना महामारीका कारणले सुसुप्त बनेको आर्थिक गतिविधि तीव्र बनाएर सहुलियत दरमा सामानहरूको बिक्री वितरण गर्ने काम भइरहेकाले यसले आम तथा निम्न वर्गका उपभोक्तालाई राहत पुग्ने विश्वास गरिइएको छ । 

जनकपुरधामको ऐतिहासिक गोपाल धर्मशालामा शुरु भएको दशै बजार गत वर्ष कोरोना महामारीका कारणले नलागे पनि यस पटक धेरैले खोप लिइसकेको र कोरोना नियन्त्रणको अवस्थामा रहेकाले दशै बजार आयोजना गरेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिनुभयो । 

सस्तो बजारको रुपमा रहेको दशैं बजारको मूल्यमा नै जनकपुरधामको केही पसलहरूमा मूल्य सूची राखेर उपभोग्यका सामानहरू छठसम्म बिक्री गराउने निर्णय भएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिनुभयो । 

दशै बजारबाट उपभोक्ताका साथै खुद्रा व्यापारीहरूले पनि खरिद गरेर लाने भएकाले यसमा करोडको कारोबार हुने गरेको छ । सोझै कम्पनीबाट नै सामानहरू जनकपुरधामको सस्तो बजारमा आउने गरेकाले सामानहरू सस्तो पर्ने गरेको जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं जनकपुरधाम उपमहानगरपालिकाका पूर्व प्रमुख बजरंग प्रसाद साहले जानकारी दिनुभयो । 

उपभोक्ताहरूले चियापत्ति, साबुन, अगरबत्ती सहितका कतिपय उपभोग्य सामाग्रीहरू वर्ष भरिका लागि दशै बजारबाट खरिद गरेर घर लाने गरेका छन् । 



https://ift.tt/eA8V8J

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: कोरोनाले थलिएको आर्थिक गतिविधि चलायमान बन्दै
कोरोनाले थलिएको आर्थिक गतिविधि चलायमान बन्दै
Trilok Khabar
https://www.trilokkhabar.com/2021/10/blog-post_508.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/10/blog-post_508.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content