![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/10/%E0%A4%AC%E0%A5%80%E0%A4%B0%E0%A4%97%E0%A4%82%E0%A4%9C-%E0%A4%86%E0%A4%88%E0%A4%B8%E0%A4%BF%E0%A4%AA%E0%A5%80-%E0%A4%AD%E0%A4%A8%E0%A5%8D%E0%A4%B8%E0%A4%BE%E0%A4%B0-1-1.jpg)
बीरगंज । मुलुकको प्रमुख भन्सार नाकाको रुपमा स्थापित एकीकृत जाँच चौकी आइसिपी बीरगंजबाट चालु आर्थिक बर्ष २०७८/०७९ को ३ महिनामा भारत तथा तेस्रो मुलुकमा ३० अर्ब ९७ करोड ५३ लाख ४६ हजार मूल्य बराबरको नेपाली उत्पादन निकासी भएको छ ।
बीरगंज नाकाबाट भटमासको प्रशोधित तेल मात्रै १४ अर्ब ३६ करोड ३५ लाख ६५ हजार बराबरको ६ करोड ३३ लाख ९९ हजार २ सय २९ किलो निर्यात भएको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।
त्यसैगरी, प्रशोधित पाम आयल ९ अर्ब ९० करोड ६४ लाख १९ हजार मूल्य बराबरको निर्यात भएको छ भने डाबरको उत्पादन तथा अन्य फुल फुलको जुस १ अर्ब ५१ करोड ४७ लाख ४६ हजार मूल्य बराबरको निकासी भएको छ ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/10/%E0%A4%AC%E0%A5%80%E0%A4%B0%E0%A4%97%E0%A4%82%E0%A4%9C-%E0%A4%86%E0%A4%88%E0%A4%B8%E0%A4%BF%E0%A4%AA%E0%A5%80-%E0%A4%AD%E0%A4%A8%E0%A5%8D%E0%A4%B8%E0%A4%BE%E0%A4%B0-2-1.jpg)
त्यस्तै, सो अवधिमा सूर्यमुखी प्रशोधित तेल १ अर्ब ४२ करोड ५१ लाख २७ हजार मूल्य बराबरको भारततर्फ निकासी भएको छ भने भटमासको पिना मात्रै ६१ करोड ३६ लाख ९४ हजार रुपैयाँको भारततर्फ निकासी भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विश्व प्रसाद अर्यालले जानकारी दिनुभयो ।
यसैगरी, बीरगंज भन्सार नाकाबाट भारत तथा तेस्रो मुलुक तर्फ जमोठ कपडा, बतिसा, त्रिफला, च्यावनप्रास, सेन्थेटिक यार्न, स्पोर्ट सुज, सेन्थेटिक सुज, दन्तमन्जन, ऊनी गलैँचा, होमियोपैथिक तथा आयुर्वेदिक औषधी, तयारी कपडा लगायतका समानहरू भारत तथा तेस्रो मुलुकमा निर्यात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताउनुभयो ।
https://ift.tt/2ZnPHOE
प्रतिक्रिया लेख्नुहोस्