Menu

आजको मौसम

धनुषाको सबैला नगरपालिकामा सूचना नदिएको भन्दै मेयरविरुद्ध भैँसी जुलुस

Author
Trilok Khabar |
October 05, 2021
Featured

जनकपुरधाम  । भ्रष्टाचार गरेको आरोप लगाउँदै धनुषाको सबैला नगरपालिकाका मेयर विजय शङ्कर साह र कर्मचारी विरुद्ध नगरवासीले भैँसी जुलुस प्रदर्शन गरेको छ । 

भ्रष्टाचारविरुद्ध संयुक्त सङ्घर्ष समितिको पदाधिकारीले विभिन्न शीर्षकमा सूचना माग गर्दै विगत १४ दिनदेखि अनसन जारी राखेकोमा उहाँहरूको समर्थन गर्दै नगरवासीले आज मेयर साह र कर्मचारीहरू विरुद्ध भैँसी जुलुस निकालेका हुन् ।

सूचना माग गर्दा नगरप्रमुख साहसहित प्रमुख प्रशासकीय अधिकृत बलवीर ठाकुर, लेखा अधिकृत शिव कुमार झा र इन्जिनियर रञ्जित यादव मौन बसेकाले उनीहरू विरुद्ध साङ्केतिक रुपमा भैँसी जुलुस निकालेका हुन्  । 

जुलुसमा सहभागीहरूले मेयर र कर्मचारीहरू विरुद्ध नाराबाजी समेत गरेका छन्  । 

मेयर र कर्मचारीको मिलोतोमा नगरपालिकामा व्यापक भ्रष्टाचार भएकोले सूचना माग गरिएको र सूचना उपलब्ध गराउन आनाकानी गरेकाले अनसन बसेको भ्रष्टाचारविरुद्ध संयुक्त सङ्घर्ष समितिले जनाएको छ । 

सूचना नदिएसम्म आफूहरूको अनसन जारी रहने जनाइएको छ ।  हालै सार्वजनिक भएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा प्रदेश नंं २ सहित देशकै सबैभन्दा बढी आर्थिक अनियमितता तथा बेरुजु भएको नगरपालिका मध्ये  अग्रणी स्थानमा सवैला नगरपालिका रहेको छ ।



https://ift.tt/3A3sm1u

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3