जनकपुरधाम । भ्रष्टाचार गरेको आरोप लगाउँदै धनुषाको सबैला नगरपालिकाका मेयर विजय शङ्कर साह र कर्मचारी विरुद्ध नगरवासीले भैँसी जुलुस प्रदर्शन गरेको छ ।
भ्रष्टाचारविरुद्ध संयुक्त सङ्घर्ष समितिको पदाधिकारीले विभिन्न शीर्षकमा सूचना माग गर्दै विगत १४ दिनदेखि अनसन जारी राखेकोमा उहाँहरूको समर्थन गर्दै नगरवासीले आज मेयर साह र कर्मचारीहरू विरुद्ध भैँसी जुलुस निकालेका हुन् ।
सूचना माग गर्दा नगरप्रमुख साहसहित प्रमुख प्रशासकीय अधिकृत बलवीर ठाकुर, लेखा अधिकृत शिव कुमार झा र इन्जिनियर रञ्जित यादव मौन बसेकाले उनीहरू विरुद्ध साङ्केतिक रुपमा भैँसी जुलुस निकालेका हुन् ।
जुलुसमा सहभागीहरूले मेयर र कर्मचारीहरू विरुद्ध नाराबाजी समेत गरेका छन् ।
मेयर र कर्मचारीको मिलोतोमा नगरपालिकामा व्यापक भ्रष्टाचार भएकोले सूचना माग गरिएको र सूचना उपलब्ध गराउन आनाकानी गरेकाले अनसन बसेको भ्रष्टाचारविरुद्ध संयुक्त सङ्घर्ष समितिले जनाएको छ ।
सूचना नदिएसम्म आफूहरूको अनसन जारी रहने जनाइएको छ । हालै सार्वजनिक भएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा प्रदेश नंं २ सहित देशकै सबैभन्दा बढी आर्थिक अनियमितता तथा बेरुजु भएको नगरपालिका मध्ये अग्रणी स्थानमा सवैला नगरपालिका रहेको छ ।
https://ift.tt/3A3sm1u
प्रतिक्रिया लेख्नुहोस्