Menu

आजको मौसम

पर्यटन प्रवर्द्धनका लागि ठोरीको ठुटे खोलामा राष्ट्रिय झण्डा फहराइयो

Author
Trilok Khabar |
October 18, 2021
Featured

वीरगंज । नेपाल भारत सीमासँगै जोडिएको पर्साको ठोरी गाउँपालिकाको हुलाकी सडक खण्डमा पर्ने ठुटे खोलाको पुल तथा त्यस आसपासमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न स्थानीय युवाहरूको पहलमा एक दर्जनभन्दा बढी राष्ट्रिय झण्डा फहराइएको छ । 

२० फिट उचाइ भएका झण्डाहरु आकर्षक ढङ्गमा पुल आसपासमा गाडेर फहराइएपछि ठुटे खोला क्षेत्रमा छुटै आकर्षण देखिएको छ । 

भारतीय पक्षले सीमा विवाद देखाउँदै लामो समयसम्म पुल बन्न नसक्दा समस्या खेप्दै आएका ठोरीका बासिन्दाहरूले ठुटे खोलाको पुलमा अहिले स्थानीय युवाहरूको पहलमा नेपाली राष्ट्रिय झण्डा फहराएपछि खुसी व्यक्त गरेको ठोरी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष किशोर तामाङले बताउनुभयो ।

ठोरी गाउँपालिका वडा नम्बर २ का स्थानीय युवा सुदिप थापाको अवधारणा र संयोजनसहित स्थानीय छतेन्द्र आचार्य, धर्म विष्ट, धिर सिंह, सुमन लामा, उमेश गौतम र महेश पराजुली सहितको समूहको पुलमाथि राष्ट्रिय झण्डा राखेर त्यस क्षेत्रलाई थप सौन्दर्यीकरण गरेको वडा अध्यक्ष तामाङले बताउनुभयो । 

ठोरी ऐतिहासिक भूमि मात्र नभएर प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य, समेत रहेको छ । 

पर्यटन प्रर्बद्धनको आधार स्तम्भसँगै बेलाबेला भारतीयसँग सीमा विवादमा ज्यान समेत जोखिम राखेर लड्ने युवाहरू अहिले  आफ्नो  स्वाभिमानमा अडिग रहेको सन्देश दिन ठुटे खोलाको पुलमा नेपाली राष्ट्रिय झण्डा फहराएर त्यस क्षेत्रमा पर्यटनको आकर्षण बढाउने अभियानमा जुटेको संयोजक सुदीप थापाले बताउनुभयो । 

उहाँले ठोरीलाई आकर्षणको केन्द्र बनाई पर्यटक भित्र्याउने अभियानमा आफूहरू जुटेको बताउँदै थापाले ठोरीको पर्यटन प्रवर्द्धनमा सबै मिलेर लागि परे छिट्टै ठोरीको पर्यटनले फड्को मार्ने दाबी गर्नुभयो ।



https://ift.tt/3jfo6WX

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3