स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

बीरगंज रक्सौल नाका आजबाट औपचारिक रुपमा खुल्ला

SHARE:

बीरगंज  । वीरगञ्जस्थित रक्सौल सीमा नाकाबाट भारतीय निजी सवारी साधन आजदेखि सञ्चालनमा आउन थालेको छ  । 

वीरगञ्जको मुख्य प्रवेशद्वार शङ्कराचार्य गेटमा औपचारिक कार्यक्रमका बीच सीमा नाकाबाट भारतीय निजी सवारीको आवागमन सुरु भएको हो । 

नाकामा भारतबाट प्रवेश गर्ने पहिलो सवारीका चालकसहित सवारीमा सवार भएकाहरूलाई फूल माला लगाएर स्वागत गरिएको थियो । 

करिब डेढ वर्षदेखि कोरोना सङ्क्रमणको कारण बन्द रहेको नाका आज औपचारिक रुपमा सुरु भएसँगै विशेष गरी होटल तथा पर्यटन व्यवसायीहरू उत्साहित भएको होटल तथा पर्यटन व्यवसायी सङ्घ बीरगंज पर्साका अध्यक्ष हरि पन्तले बताउनुभयो । 

शङ्कराचार्यमा भारतीय सवारी साधनको आवागमन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले सीमा नाका हुँदै भारतीय नागरिकको पैदल यात्राबाट बीरगंज आवागमन यसअघि सुरु भइसकेको अवस्थामा आजदेखि निजी सवारीको पनि आवागमन हुनुले सीमा क्षेत्रका जनता लाभान्वित हुने र यसले दुई देशबिचको सम्बन्धमा अझै आत्मीयता थप्ने बताउनुभयो । 

उहाँले मित्र राष्ट्र भारत र नेपाल बिचको रोटी बेटीको सम्बन्धका कारण पनि निजी सवारीको आवागमन सञ्चालन हुनुपर्ने माग आज पुरा भएकोमा खुसी व्यक्त गर्नुभयो । 

लामो समयसम्म सीमा नाका बन्द हुँदा वीरगञ्ज र रक्सौल सहितका बासिन्दालाई आवतजावतमा कठिनाइ भइरहेको हुँदा अब उक्त समस्या हटेको नगरप्रमुख सरावगीले बताउनुभयो । 

निजी सवारीको आवागमन सुचारु गराउन होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साले खेलेको भूमिका प्रशंसायोग्य रहेको नगरप्रमुख सरावगीले बताउनुभयो । 

नाका खुलेसँगै भारतीय पर्यटकहरू भित्रिने र थला परेको होटल एवम् पर्यटन व्यवसायले बिस्तारै गति लिने अपेक्षा वीरगंजका होटल व्यवसायीले गरेका छन् । 

भारतीय निजी सवारी साधनको आवागमन सञ्चालन गर्न आयोजित औपचारिक कार्यक्रममा होटल व्यवसायीहरू, वीरगञ्जका सञ्चारकर्मीहरू, रक्सौलका सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो । 

गत असोज ४ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाको कारण विगत डेढ वर्षदेखि बन्द रहेको नेपाल–भारत सीमा नाका पूर्ण रूपमा खुल्ला गर्ने निर्णय गरेको ११ दिनपछि बीरगंज नाका पूर्णरुपमा खुलेको वीरगंज भन्सार कार्यालयले जनाएको छ ।

 

गृह मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा परिपत्र पुगेपछि अर्थले बीरगंज भन्सार आइसीपीलाई आजदेखि भन्सार खोल्ने निर्देशन दिएसँगै उच्च स्वास्थ्य सतर्कताका साथ भन्सार खुल्ला गरिएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताउनुभयो ।

गृह मन्त्रालय हुँदै अर्थ मन्त्रालय पुगेको परिपत्रमा भारतीय नागरिकको हकमा ७२ घण्टा अगाडिको पिसिआर परीक्षणको रिपोर्ट, कोरोना सङ्क्रमणको लक्षण देखिएकालाई सीमा नाकामै ऐन्टिजेन परीक्षण गर्ने र सीमामा खटिने सुरक्षाकर्मीले नेपाल आउने भारतीय नागरिकलाई अनलाइन फारम भरेर नेपाल भित्रिने व्यवस्था मिलाउन निर्देशन दिइएको भन्सार अधिकृत पौडेलले बताउनुभयो । 

भारतबाट नेपाल प्रवेश गर्ने निजी भारतीय सवारी साधनको हकमा विगतमा झै भन्सारमा इन्ट्री गरी उच्च स्वास्थ्य सतर्कता साथ आउनुपर्ने प्रावधान लागु गरिएको र यसका लागि वीरगंज भन्सारले विगतमा झै आवश्यक प्रक्रिया मिलाएको पौडेलले बताउनुभयो ।



https://ift.tt/3D6cFbt

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: बीरगंज रक्सौल नाका आजबाट औपचारिक रुपमा खुल्ला
बीरगंज रक्सौल नाका आजबाट औपचारिक रुपमा खुल्ला
https://onlineradionepal.gov.np/wp-content/uploads/2021/10/%E0%A4%AC%E0%A5%80%E0%A4%B0%E0%A4%97%E0%A4%82%E0%A4%9C-%E0%A4%B0%E0%A4%95%E0%A5%8D%E0%A4%B8%E0%A5%8C%E0%A4%B2-%E0%A4%A8%E0%A4%BE%E0%A4%95%E0%A4%BE-%E0%A4%86%E0%A4%9C%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A4%94%E0%A4%AA%E0%A4%9A%E0%A4%BE%E0%A4%B0%E0%A4%BF%E0%A4%95-%E0%A4%B0%E0%A5%81%E0%A4%AA%E0%A4%AE%E0%A4%BE-%E0%A4%96%E0%A5%81%E0%A4%B2%E0%A4%BE-1.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/10/blog-post_63.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/10/blog-post_63.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content