Menu

आजको मौसम

प्रदेश २ को राजधानी जनकपुरधाम अनुमोदन

Author
Trilok Khabar |
January 17, 2022
Featured
फाइल तस्बिर

जनकपुरधाम ।  प्रदेश नंं २ को स्थायी राजधानी जनकपुरधाम दुई तिहाइभन्दा बढी मतले अनुमोदन भएको छ । 

प्रदेशसभामा राजधानीको विषयमा आज सम्पन्न भएको मतदानमा प्रदेशसभामा मतदानमा सहभागी रहनुभएको ९९ जना प्रदेशसभाका सदस्यहरु मध्ये ७८ जनाले जनकपुरधाम प्रदेश नंं २ को स्थायी राजधानीका लागि प्रस्तुत भएको प्रस्तावको पक्षमा मतदान गर्नुभएपछि अनुमोदन भएको हो । 

प्रदेश नंं २ मा कूल १ सय ४ जना प्रदेशसभा सदस्य मध्ये मतदानमा ९९ जना मतदानमा सहभागी हुनुभएकोमा ७८ जनाले जनकपुरधाम प्रदेशको राजधानी हुने प्रस्तावको पक्षमा मतदान गर्नुभएकाले दुई तिहाइभन्दा बढी मतले अनुमोदन भएको प्रदेश नंं २ का सभामुख सरोज कुमार यादवले घोषणा गर्नुभयो । 

राजधानीको विषयमा प्रस्तुत भएको अन्य प्रस्तावहरू स्वतः अस्वीकृत भएको सभामुख यादवले बैठकमा घोषणा गर्नुभयो । प्रदेश सभा सदस्य परमेश्वर साह, रवीन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरत प्रसाद साहले प्रस्ताव गरेको राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्ने प्रस्ताव पेस गर्नुभएपछि मतदान भएर उक्त प्रस्ताव अनुमोदन भएको छ । 

प्रदेशको नामका विषयमा आजै मतदान हुने भएकाले १ घण्टाको लागि बैठक स्थगित भएको छ । 



https://ift.tt/3JM0WmN

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3