स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

चाडबाडले गाउँघरमा कोरोना सङ्क्रमणको जोखिम

SHARE:

सर्लाही । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । 

चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएको हो ।    

कोरोना महामारीको जोखिम कायमै रहेको समयमा पनि मानिसहरू दसैँ पर्व मनाउनका लागि आवश्यक सामग्रीहरु किनमेल गर्न तथा आफ्ना आफन्तकामा आउने जाने गरेका कारण कोरोना सङ्क्रमणको जोखिम बढ्ने चिन्ता बढ्न थालेको छ ।  मानिसहरूले सामान्य स्वास्थ्य मापदण्डको समेत पालना नगर्दा चाडपर्वको समयमा कोरोना सङ्क्रमण भयावह हुनेमा जानकारहरू चिन्तित देखिएका छन् ।

सार्वजनिक स्थल, हाटबजार र यातायातका साधनमा यात्रा गर्दासमेत सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्डको पालना पूरा नगर्दा चाडपर्वको समयमा कोरोना सङ्क्रमणको जोखिम थप बढ्न सक्ने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीले जनाएको छ । कोरोना महामारी पूर्णरुपमा नियन्त्रणमा नभएको भए पनि अधिकांश सर्वसाधारणले खोप लगाइसकेका र चाडपर्वको समयमा बजार क्षेत्र भिडभाड हुनु स्वाभाविकै रहेको भन्दै सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरी सबैलाई सतर्क भई चाडपर्व मनाउन उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशीले बताउनुभयो ।

बजारमा मानिसहरूको भिडभाड रहे पनि कोरोना सङ्क्रमण नियन्त्रण गर्न भन्दै निषेधाज्ञा जारी भएपछि मानिसहरू बेरोजगार भएका र उनीहरूको आम्दानी नभएका कारण किनमेलको काम भने कम भएको स्थानीय व्यापारी श्रीनारायण साहको भनाइ छ ।

जिल्लामा हालसम्म ६८ हजार नौ सय ७८ जनाले कोरोना सङ्क्रमणविरुद्धको पहिलो डोज खोप र एक लाख ७२ हजार दुई सय ६४  जनाले दोस्रो खोपको मात्रा पनि लगाइसके भने जम्मा जिल्लाभरमा कोरोना खोप लगाउने दुई लाख ४१ हजार दुई सय ४२ जनाले खोप लगाइसकेका स्वास्थ्य  कार्यालय सर्लाहीले जनाएको छ । भारतसँग खुल्ला सिमाना भएको सर्लाहीमा भारतबाट आफ्नो घर आउने तथा आफ्ना आफन्तलाई भेट्न जाने आउनेहरूको सङ्ख्यामा वृद्धि भएपछि कोरोना सङ्क्रमण दर बढ्ने चिन्ता त्यतिकै बढेको छ । 

जिल्लाको लालबन्दी, हरिवन, बरहथवा, बयलवास तथा मलङ्गवा लगायतका बजारहरूका साथै वित्तीय संस्थाहरूमा मानिसहरूको भिडभाड त्यतिकै रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ मानिसको नजिकको सम्पर्कबाट सर्ने हुँदा भिडभाड नगरी चाडपर्व मनाउन आग्रह गरिसकेको छ । 

मन्त्रालयले सकभर दसैँमा घर नजान, जानै परे घर गइसकेपछि कम्तीमा १४ दिन होम क्वारेन्टिनमा बस्नसमेत अनुरोध गरेको छ । बस वा हवाईजहाजमा घर जाँदा मास्कको प्रयोग गर्ने, अर्को मानिससँग कुरा गर्दा कम्तीमा दुई मिटर दूरी टाढा राख्ने, बेलाबेलामा साबुन पानी र स्यानिटाइजरको प्रयोग गर्नसमेत आग्रह गरिएको छ । रासस



https://ift.tt/eA8V8J

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: चाडबाडले गाउँघरमा कोरोना सङ्क्रमणको जोखिम
चाडबाडले गाउँघरमा कोरोना सङ्क्रमणको जोखिम
Trilok Khabar
https://www.trilokkhabar.com/2021/10/blog-post_645.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/10/blog-post_645.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content