स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

सिके राउतका विरुद्धमा इन्जिनियरहरूको विरोध प्रदर्शन, लाइसेन्स खारेज गर्न माग

SHARE:

जनकपुरधाम । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त आयोजना प्रमुख डिभिजनल इन्जिनियर राजेश कुशवाहा माथि भएको कुटपिट तथा अभद्र व्यवहारको विरोध गर्दै नेपाल इन्जिनियरर्स एशोसिएशनले जनकपुरधाममा आज विरोध प्रदर्शन गरेको छ । 

सैयौको सङ्ख्यामा सहभागी भएका इन्जिनियरहरूले ब्यानर तथा प्लेकार्ड सहित नगरको विभिन्न भागमा विरोध प्रदर्शन गर्दै इन्जिनियर कुशवाहा माथि अभद्र व्यवहार प्रदर्शन गर्न आदेश दिने सिके राउत तथा निजका कार्यकर्ताहरू माथि कडा कारबाहीको माग गरेको छ ।

उनीहरूले डा. सिके राउतको जनमत पार्टीको विरोध गर्दै डा. राउतको लाइसेन्स खारेज गर्नका लागि सिफारिस गरिदिनका लागि धनुषाका प्रमुख जिल्ला अधिकारीसँग माग गरेको छ । आफै इन्जिनियर भएर इन्जिनियरलाई बदनाम तथा बेइज्जत गर्ने काम भएकाले खारेजीको माग एसोसिएसनले गरेको प्रदेश नंं २ का अध्यक्ष नन्द किशोर यादवले जानकारी  दिनु भयो । 

नारा जुलुस सहित नगरको परिक्रमा पछि धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र दिँदै हालसम्म कारबाहीमा भएको प्रगतिको बारेमा जानकारीको माग गर्दै कडा मुद्दा नचलाएको खण्डमा बाध्य भएर विकास निर्माण सहितको कामकाज अवरुद्ध गर्ने इन्जिनियरहरूले जनाएका छन् । 

यसै बीच ज्ञापन पत्र लिँदै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले पक्राउ परेका मध्ये १७ जना माथि अपराध सम्बन्धी मुद्दा चलाउने तयारी भएको र हाल  सवै जना माथि धनुषा अदालतबाट म्याद थप गर्ने काम भएको बताउनु भयो । यसमा ४ वर्षसम्म कैदको व्यवस्था रहेको छ । 

उहाँले धनुषामा रहेका सरकारी कार्यालय तथा राष्ट्रसेवक कर्मचारीहरूको सुरक्षाका लागि विशेष सुरक्षा योजना तयार गरेकाले ढुक्क रहनका लागि आग्रह गर्नु भयो । यो घटना राष्ट्रसेवकहरूका लागि निक्कै पिडा दायक भएको भन्दै  दोषी माथि हदैसम्मको कारबाही हुने प्रमुख जिल्ला अधिकारीले बताउनु भयो । 

कार्यालयमा काम गरिरहेको बेलामा हिजो दिउँसो जनमत पार्टीका कार्यकर्ताहरूले बाँसको भाटा, लाठी सहित पुगेर डिई कुशवाहा सहित कर्मचारीलाई कुटपिट, तोडफोड गर्नुका साथै कार्यालय प्रमुखलाई अर्धनग्न बनाएर नगर परिक्रमा गरेपछि प्रहरीले १ घण्टापछि उद्धार गरेको थियो । 

यसै बीच डा. सिके राउतको जनमत पार्टीले पक्राउ परेका कार्यकर्ताहरूलाई निशर्त रिहा गर्नका लागि माग गर्दै जनकपुरधाममा आज पनि प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा जिल्ला प्रशासन कार्यालय अगाडी नेपाल इन्जिनियर एसोसिएसनका पदाधिकारी एवं इन्जिनियर तथा जनमत पार्टीका कार्यकर्ताका बीचमा भिडन्त हुन लाग्दा प्रहरीले लाठी चार्ज गरेर भिडलाई तितर वितर बनाएपछि ठूलो दुर्घटनाबाट जोगिएको छ । 



https://ift.tt/3m6sycE

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: सिके राउतका विरुद्धमा इन्जिनियरहरूको विरोध प्रदर्शन, लाइसेन्स खारेज गर्न माग
सिके राउतका विरुद्धमा इन्जिनियरहरूको विरोध प्रदर्शन, लाइसेन्स खारेज गर्न माग
https://onlineradionepal.gov.np/wp-content/uploads/2021/10/1634895365612-1024x768.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/10/blog-post_703.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/10/blog-post_703.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content