Menu

आजको मौसम

माटोको ढिस्कोमा पुरिएर सिरहामा एक वालिकाको मृत्यु

Author
Trilok Khabar |
October 27, 2021
Featured

लहान । सिरहाको धनगढीमाई नगरपालिकामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छ ।  

मृत्यु हुनेमा जयपुर टोल बस्ने प्रकाश कामैतकी ११ वर्षीया छोरी करिश्मा कुमारी कामैत रहेको प्रहरीले जनाएको छ । गाउँदेखि करिब  दुई सय मिटरको दूरीमा रहेको माटो लिने ठाउँमा माटो निकाल्दै गर्दा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। 

घाइते हुनेमा  ममतादेवी कामैत,  सरिता महतो, सविता यादव, सीतादेवी कामैत र रुवि कामैत रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुभाष बुढाथोकीले जानकारी दिनुभयो । 

ढिस्कोमा परी गम्भीर घाइते सवितालाई थप उपचारका लागि विराटनगर पठाइएको छ भने अन्य घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।



https://ift.tt/3El4CbI

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3