Menu

आजको मौसम

चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा

Author
Trilok Khabar |
October 03, 2021

काठमाडौं । प्रिमियर लिगमा आइतबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको छ । जितसँगै लण्डन क्लब चेल्सी शीर्ष स्थानमा उक्लेको छ ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा चेल्सीका लागि ट्रेभो चालाबाले नवौं, टिमो बर्नरले ८४औं र बेन चिलवालले ८९औं मिनेटमा गोल गरे । साउथह्याम्पटनका लागि जेम्स वार्ड प्रोवसले ६१औं मिनेटमा गोल गरे । गोलकर्ता जेम्स ७७औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

जितपछि ७ खेलबाट १६ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ । एक खेल कम खेलेको लिभरपुल १४ अंकसहित दोस्रो स्थानमा छ ।

अर्को खेलमा म्यानचेष्टर युनाइटेड र एभरटनले १-१ को बराबरी खेल्दै अंक बाँडे । ७ खेलबाट समान १४ अंक जोडेका युनाइटेड र एभरटन क्रमश: तेस्रो र चौथो स्थानमा छ ।

आर्सनल र ब्राइटनले भने गोलरहित बराबरी खेले । ७ खेलबाट १४ अंक नै जोडेको ब्राइटन पाँचतौ स्थानमा छ । आर्सनल १० अंकसहित नवौं स्थानमा छ ।



https://ift.tt/eA8V8J

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3