Menu

आजको मौसम

वडा अध्यक्ष लागुऔषध मुद्दामा जेल चलान

Author
Trilok Khabar |
October 26, 2021
Featured

वीरगंज । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका पर्साको पकाहमैनपुर गाउँपालिकाका वडा अध्यक्षलाई पर्सा जिल्ला अदालतले  पुर्पक्षका लागि जेल चलान गरेको छ । 

गत साउन ३ गते सरकारी नम्बर प्लेटको गाडीमा ब्राउन सुगरसहित पक्राउ परेका पकाहमैनपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अमेरिका सहनीलाई पर्सा जिल्ला अदालतले सोमबार लागु औषध  मुद्दामा पुर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनु भयो ।

वडा अध्यक्षसहित सो मुद्दामा पकहामैनपुर गाउँपालिकाकै राम आदेश सहनी पनि जेल चलान भएको प्रवक्ता खनालले बताउनु भयो । 

लागुऔषध मुद्दामै पक्राउ परेका वडा सदस्य बलिष्टर सहनीलाई भने जिल्ला अदालतले एक लाख धरौटीमा छाडने आदेश दिएको खनालले बताउनुभयो । 

गत साउन ३ गते वडा अध्यक्ष अमेरिका सहनीसहित वडा सदस्य बलिष्टर सहनी र राम आदेश सहनीलाई लागूऔषध खैरो हेराइनसहित प्रहरीले पक्राउ गरेको थियो ।

राति साढे १० बजेको समयमा तीनैजनालाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले लागूऔषधसहित नियन्त्रणमा लिएको थियो । चेकजाँचको क्रममा प्रहरीले वडा अध्यक्ष सहनीले चलाएको ना १ ब ३५९५ नम्बरको मोटरसाइकलबाट ७९ ग्राम खैरो हिरोइन बरामद गरेको थियो ।

यस्तै उनको पछाडि ना ६२ प १९४२ नम्बरको अर्को मोटरसाइकलमा आउँदै गरेका वडा सदस्य बलिष्टर र पछाडि बसेका रामआदेशलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । अदालतको आदेश पछि गए राति नै अमेरिका सहनी र राम आदेश सहनीलाई पुर्पक्षका लागि बीरगंज कारागार चलान गरिएको प्रवक्ता खनालले बताउनु भयो ।



https://ift.tt/3beHUFD

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3