Menu

आजको मौसम

नेपाललाई टेबल टेनिसमा सफलता

Author
Trilok Khabar |
October 02, 2021

काठमाडौं ।  कतारको दोहामा भइरहेको २५औं एसियाली टेबल टेनिस प्रतियोगितामा नेपालले शुक्रबार राति दुई महत्त्वपूर्ण जित निकालेको छ । नेपालले पुरुष टिम इभेन्ट्समा प्यालेस्टाइनमाथि ३-१ को जित रचेको छ ।

त्यसमा नेपालका तर्फबाट स्यान्टु श्रेष्ठ, विनेश खनिया र अमरलाल मल्ले चुनौती पेस गरेका थिए । यस्तै मेन्स डबल्समा स्यान्टु र विनेशको जोडीले कतारी टिमलाई ३-१ ले पराजित गरेर दोस्रो चरणमा प्रवेश गरेका छन् ।

कतारले एसियाली स्तरको टेबल टेनिस प्रतियोगिता आयोजना गरेको यो दोस्रो अवसर मात्र हो । कतारमै एसियाली टेबल टेनिस युनियनको साधारण सभा पनि हुनेछ र त्यसमा नेपालका तर्फबाट अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज बैद्यले भाग लिइरहेका छन् ।



https://ift.tt/eA8V8J

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3