![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/10/%E0%A4%AA%E0%A5%8B%E0%A4%96%E0%A4%B0%E0%A5%80%E0%A4%AF%E0%A4%BE-%E0%A4%A8%E0%A4%97%E0%A4%B0%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%BE-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B2%E0%A4%AF-1.jpg)
वीरगंज । पर्साको पोखरीया नगरपालिकाको पाँचौँ नगर परिषद्ले ४ महिना पछि आज बजेट पास गरेको छ ।
बजेट पास नहुँदा पोखरीया नगरपालिकाका कर्मचारीले तलब भत्ता समेत लिन नपाएको अवस्थामा चौतर्फी दबाब भएपछि आज पोखरीया नगरपालिकाका नगर प्रमुख दीप नारायण रौनियार, उपप्रमुख सलमा खातुन, प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला सहित १० वटै वडाका वडा अध्यक्ष तथा बोर्ड सदस्यहरूको उपस्थितिमा बजेट पास भएको छ ।
पोखरीया नगरपालिकाले गत असार १० गते आर्थिक बर्ष २०७८÷७९ को लागि ४६ करोड ३० लाख ८२ हजार को प्रस्तावित बजेट प्रस्तुत गरेको थियो ।
त्यस यता फेरि आज सशर्त तर्फ ८० लाख, विशेष अनुदान तर्फ ३० लाख, समपूरक कोष तर्फ ३० लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान ४० लाख ५२ हजार र वित्तीय समानीकरण अनुदान ८० लाख ४४ हजार गरी ५० करोड ६२ लाख १९ हजार २ सय ६७ रुपैयाँ बजेट पास भएको पोखरीया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले बताउनुभयो ।
पोखरीया नगरपालिकाका जनप्रतिनिधिहरू बीच चालु आर्थिक बर्ष चुनावी बर्ष भएको हुँदा बजेटमा भागबन्डामा कुरा नमिल्दा ४ महिना सम्म बजेट पास हुन सकेको थिएन ।
https://ift.tt/3b98TlO
प्रतिक्रिया लेख्नुहोस्