-राजु यादव
बारा २० जेठ । बाराको पचरौता नगरपालिका–४ बेल्दारीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय विभिन्न आधारभूत समस्याले ग्रसित बनेको छ । विद्यालयमा पर्खाल अभाव, विद्युत सेवा विच्छेद तथा खानेपानी व्यवस्थापनको कमजोरीका कारण शैक्षिक वातावरण नै प्रभावित भएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयको बाहिरी पर्खाल नभएको तथा केही भागमा रहेको पर्खालसमेत भत्किएको अवस्थामा रहेको छ । यसले विद्यालयको सुरक्षा व्यवस्थामा चुनौती थपिएको विद्यालय पक्षको भनाइ छ।
विद्यालयका प्रधानाध्यापक प्रमोद प्रसाद यादवका अनुसार विद्यालयमा विगत दुर्ई वर्षदेखि विद्युत लाइन काटिएको छ, जसका कारण विद्यालयको दैनिक प्रशासनिक तथा शैक्षिक गतिविधिमा समस्या भइरहेको छ।
विद्यालय परिसरमा विद्यार्थीका लागि समरसेबल जडान गरिएको भए पनि पर्याप्त घेरावार नहुँदा बाहिरी व्यक्तिहरू विद्यालय परिसरमा प्रवेश गरी समरसेबल मोटर प्रयोग गरेर भैंसी धुने तथा नुहाउने कार्य गर्ने गरेका छन। अनधिकृत रूपमा समरसेबल सञ्चालन हुँदा पानी निकासका लागि कुलोको उचित व्यवस्था नहुँदा विद्यालय प्राङ्गणमै पानी जम्ने गरेको छ।
प्रधानाध्यापक यादवले पानी जम्ने समस्याका कारण विद्यालयको पठनपाठनसमेत प्रभावित बन्न पुगेको बताउनुभयो। स्थानीय अभिभावक तथा विद्यालय प्रशासनले सम्बन्धीत निकायसँग विद्यालयको आधारभूत पूर्वाधार सुधारका लागि आवश्यक पहल गर्न माग गरेका छन।

प्रतिक्रिया लेख्नुहोस्