स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

बेहुलाकै अगाडि फोटोग्राफरले गरिदिए बिहेका तस्वीर डिलिट, कारण यस्तो अनौठो

SHARE:

एकजना फोटोग्राफर बिहे समारोहमा फोटोशूटका लागि गएका थिए । तर त्यहाँ ती फोटोग्राफरप्रति बेहुलाले यस्तो व्यवहार गरे कि रिसको झोँकमा फोटोग्राफरले बिहे समारोहका सबै तस्वीर ठाउँकाठाउँ डिलिट गरिदिए । फोटो सबै मेटाइदिएर फोटोग्राफर त्यहाँबाट कुलेलम ठोके ।

ती फोटोग्राफरले सोसल मिडिया साइट रेडिटमा यो घटना र आफूले त्यस्तो कदम उठाउनुपर्नाको कारणबारे लेखेका छन् ।

बिहे समारोहमा उनलाई खाना खान बन्देज लगाइएको हुनाले उनले दिनभरी भोकभोकै काम गरिरहेका थिए । तर भोको पेटले निरन्तर काममा जोतिनुपर्दा उनमा रिसको पारो बढ्दै गयो र बेहुलाकै अगाडि आफूले क्यामरामा खिचिएका सबै तस्वीर तथा भिडियोहरु डिलिट गरिदिए ।

वास्तवमा ती व्यक्ति पेशेवर फोटोग्राफर होइन रहेछन् । उनले कुकुरको हेरचाह गर्ने काम गर्दछन् । साथीले निकै कर गरेपछि उनी साथीको बिहेमा फोटो खिचिदिन गएका रहेछन् । २५० डलर रकम ज्यालामा बिहेको फोटो खिच्ने कामका लागि उनीसँग सम्झौता भएको रहेछ । त्यसअनुसार बिहेको दिन बिहान ११ बजेदेखि उनको काम सुरु भयो जुन रातको ८ बजेसम्म चल्नेवाला थियो ।

त्यसबीचमा बेलुकी पाँच बजेतिर पाहुनाहरूले खाना खान थाले । तर फोटोग्राफरका लागि भने खानाको बन्दोबस्त नै थिएन । उनलाई खाना नखाइकनै लगातार फोटो खिचिरहन भनियो ।

भोको पेटमा दिनभर काम गरिरहँदा थाकेर गलेपछि उनले आराम तथा खानपिनका लागि २० मिनेटको समय दिन बेहुलासँग आग्रह गरे । तर उनको आफ्नै साथीसमेत रहेका ती बेहुलाले भने लगातार फोटो नखिचेमा सम्झौता बमोजिको अढाइ सय डलर रकम नदिने भन्दै खाना खाने समय नदिने जवाफ दिए ।

भोक, थकान र गर्मीका कारण लखतरान परेका फोटोग्राफर बेहुलाको जवाफले आगो भए । उनले तत्कालै बेहुलाका अगाडि क्यामेराका सबै तस्वीर डिलिट गरिदिए ।

बेहुलाले दुई शब्द बोल्न नपाउँदै फोटोग्राफर त्यहाँबाट हिँडिहाले ।

ती फोटोग्राफरले रेडिटमा राखेको यो घटना विवरणको पोस्ट भाइरल नै बनेको छ । प्रतिक्रिया दिनेहरुमध्ये कतिपयले बेहुलालाई गाली गरेका छन् भने कतिपयले त्यसरी फोटो डिलिट गर्नु हुँदैनथ्यो भन्ने मत प्रकट गरेका छन् ।

घटना भएको ठाउँ तथा व्यक्तिहरुको वास्तविक पहिचान भने खुलाइएको छैन ।

एजेन्सी



https://ift.tt/eA8V8J

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: बेहुलाकै अगाडि फोटोग्राफरले गरिदिए बिहेका तस्वीर डिलिट, कारण यस्तो अनौठो
बेहुलाकै अगाडि फोटोग्राफरले गरिदिए बिहेका तस्वीर डिलिट, कारण यस्तो अनौठो
Trilok Khabar
https://www.trilokkhabar.com/2021/10/blog-post_95.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/10/blog-post_95.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content