Menu

आजको मौसम

गाड्न लगिएको १४ वर्षीया बालिकाको शव प्रहरी नियन्त्रणमा, ९ जना पक्राउ

Author
Trilok Khabar |
October 08, 2021
Featured

वीरगंज । शङ्कास्पद अवस्थामा हिजो साँझ वीरगन्जको मुर्लीस्थित कब्रस्तानमा गाड्न लगिएको १४ वर्षीया बालिकाको शव प्रहरीले नियन्त्रणमा लिनुका साथै शव लिएर जाने ४ जना सहित ९ जनालाई नियन्त्रणमा लिएको छ । 

बालिकाको मृत्यु शङ्कास्पद देखिएपछि घटनाका अनुसन्धानका लागी शव नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी ओमप्रकाश खनालले बताउनुभयो । 

भारतको विहार पश्चिमी चम्पारण जिल्लाको इनर्वा खमीया गाउँकी १४ वर्षीया बालिका जयुनत खातुनको शव प्रहरीले कब्रस्तानबाटै नियन्त्रणमा लिएको खनालले बताउनुभयो । 

अस्पतालमा उपचाररत बालिकाको हिजो साँझ शङ्कास्पद अवस्थामा मृत्यु भएको र बालिकाको शव अभिभावक र आफन्तले प्रहरीलाई थाहै नदिई कब्रस्तानमा बिहीबार साँझ लगेर गाड्न लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

शव अहिले वीरगन्जस्थित नारायणी अस्पतालको शव गृहमा राखिएको छ । मृत्युको कारण लुकाउन हतार हतार गरेर शव इदगाहमा लगेर गाड्ने कार्यमा संलग्नसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा पनि लिएको खनालले बताउनुभयो । प्रहरीले नियन्त्रणमा लिएकामध्ये, मृतक बालिकाका  आमा, बुबा भिनाजु समेत रहेका छन् । बालिकाको मृत्यु अत्यधिक रक्तस्रावबाट भएको र उनको शरीरमा समेत निल डाम देखिएको कारण घटना शङ्कास्पद रहेको प्रहरी प्रवक्ता खनालले बताउनुभयो । 

मृतक बालिका जयुनत खातुन जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालीमका कान्छा छोरा जाकीर मिया धुनियाकी नातामा आफ्नै साली भएको र उनी विगत केही समयदेखि आफ्ना दिदी भिनाजुसँग वीरगंजमै बस्दै आएकी थिइन् । अचानक बालिकालाई रक्तस्राव हुनु अनि उपचारको लागी प्रभु अस्पतालमा लैजानु र अस्पतालमै मृत्यु हुनु प्रहरीलाई खबर नगरीकन ४/५ जना व्यक्तिले बालिकाको शव कब्रस्तानमा हतार हतारमा गाड्न खोज्नुले घटना शङ्कास्पद देखिएको छ । 

बालिकाको मृत्युको कारण हत्या, आत्महत्या वा जबरजस्ती करणी के हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो । 



https://ift.tt/3oJN0S0

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3