महोत्तरी । महोत्तरी मनरासिस्वा नगरपालिकामा २०७४ मा भएको स्थानीय तह निर्वाचनको वडाध्यक्ष पदमा विजयी उम्मेदवारले पदभार ग्रहण गर्नु भएको छ ।
अदालतको आदेशपछि भएको पुनः मतगणनामा विजयी भएका महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१० का अध्यक्ष रामेशकुमार रायले पदभार ग्रहण गर्नु भएको हो । आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा महोत्तरी मनरासिस्वा नगरपालिकामा २०७४ मा भएको स्थानीय तह निर्वाचनको वडाध्यक्षमा पदमा पराजित स्वतन्त्र उम्मेदवार विजयी हुनु भएको हो ।
उच्च अदालत जनकपुरधाम र सर्वोच्च अदालतले दिएको आदेश बमोजिम महोत्तरीको मनरासिस्वा नगरपालिका–१० को पुनः मतगणना हुँदा पराजित उम्मेदवार विजयी हुनु भएको थियो । स्वतन्त्र उम्मेदवार रमेश राय २ भोटले विजयी हुनुभएको हो ।
मनरा स्थित नगरपालिकाको कार्यालयमा आयोजित एक समारोहमा मेयर सञ्जयकुमार सिंहले वडाध्यक्ष रायलाई पदभार ग्रहण गराउनु भएको हो । पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष रायले ढिलै भए पनि सत्यको विजय भएको छ, न्यायालयले जनताको मतको सम्मान गरेको भन्दै खुशी व्यक्त गर्नु भएको छ ।
उहाँले न्यायको जीत भएको प्रतिक्रिया दिनुभयो । २०७४ असोजमा भएको स्थानीय तहको निर्वाचनमा दुवै जनाले बराबर २६७÷२६७ मत ल्याएका थिए । त्यस बेला गोलाप्रथा गर्दा नेपाली काँग्रेसका उम्मेदवार अरुणकुमार चौधरी विजयी भएका थिए ।
त्यसपछि वडाध्यक्षमा पराजित रमेश राय मतगणनामा धाँधली भएको भन्दै उच्च अदालतमा मुद्दा दायर गर्नु भएको थियो । सर्वोच्चको आदेश अनुसार पुनः गणना हुँदा पहिला भएको गणना भन्दा फरक नतिजा आएको र स्वतन्त्र उम्मेदवार राय विजय भएको जिल्ला निर्वाचन कार्यालयले घोषणा गरेको थियो ।
पुनः गणनामा नेपाली काँग्रेसका उम्मेदवार चौधरीले २ सय ६६ र पराजित भएका रायले २ सय ६८ मत प्राप्त गर्नु भएको थियो । अदालतको आदेश पछि कार्तिक ७ गते पुनः मतगणना हुँदा चौधरीको भन्दा रायको दुई मत बढी आए पछि चौधरीको पद खारेज भएको थियो ।
https://ift.tt/3nOIi3w
प्रतिक्रिया लेख्नुहोस्