Menu

आजको मौसम

वीरगंज नाकाबाट ४ महिनामा ३८ अर्ब ७३ करोड बढीको नेपाली उत्पादन निर्यात

Author
Trilok Khabar |
November 22, 2021
Featured

वीरगंज । मुलुकको प्रमुख भन्सार नाकाको रुपमा स्थापित एकिकृत जाँच चौकी आइसिपी वीरगंजबाट चालु आर्थिक बर्ष २०७८÷०७९ को ४ महिनामा भारत तथा तेस्रो मुलुकमा ३८ अर्ब ७३ करोड ३१ लाख २४ हजार मूल्य बराबरको नेपाली उत्पादन निकासी भएको छ । 

वीरगंज नाकाबाट भटमासको प्रशोधित तेल मात्रै १७ अर्ब २० करोड ९० लाख ९ हजार बराबरको ७ करोड ५९ लाख ३३ हजार २१ सय ५३ किलो निर्यात भएको वीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । 

त्यसै गरी प्रशोधित पाम आयल १३ अर्ब ४० करोड ७८ लाख २२ हजार मूल्य बराबरको निर्यात भएको छ भने डाबरको उत्पादन तथा अन्य फलफूलको जुस १ अर्ब ८४ करोड ४७ लाख ५७ हजार मूल्य बराबरको निकासी भएको छ । 

त्यसै गरी सो अवधिमा सूर्यमुखी प्रशोधित तेल १ अर्ब ५८ करोड २ लाख ६१ हजार मूल्य बराबरको भारत तर्फ निकासी भएको छ भने भटमासको पिना मात्रै ६१ करोड ६८ लाख ९४ हजार रुपैयाँको भारत तर्फ निकासी भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विश्व प्रसाद अर्यालले जानकारी दिनुभयो । 

यसै गरी वीरगंज भन्सार नाकाबाट भारत तथा तेस्रो मुलुक तर्फ जमोठ कपडा, बतिसा, त्रिफला, च्यावनप्रास, सेन्थेटिक यार्न, स्पोर्ट सुज, सेन्थेटिक सुज, दन्तमन्जन, ऊनी गलैँचा, होमियोपैथिक तथा आयुर्वेदिक औषधी, तयारी कपडा लगायतका समानहरू भारत तथा तेस्रो मुलुकमा निर्यात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताउनुभयो ।



https://ift.tt/3r2UyR5

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3