Menu

आजको मौसम

महोत्तरीमा क्षेत्रीय अधिवेशन सर्वसम्मतिमा हुन नसकेपछि निर्वाचन

Author
Trilok Khabar |
November 27, 2021
Featured

महोत्तरी । महोत्तरीमा नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशन सर्वसम्मतिमा टुङ्गिन नसकेपछि क्षेत्र नम्बर १ मा निर्वाचन भएको छ । क्षेत्रीय कार्यसमिति र केन्द्रिय महाधिवेशन प्रतिनिधि चयनको लागि निर्वाचन भएको हो । पटक पटक सहमतिको प्रयास भएपनी सहमति जुट्न नसकेपछि क्षेत्र नम्बर १ मा निर्वाचन हुन लागेको हो । क्षेत्र नम्बर १ को निर्वाचन बर्दिबासमा जारी रहेको छ । 

आकाङ्क्षी उम्मेदवारहरूबीच विवाद सिर्जना भएपछि महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ र ३ मा मतदान हुने भएको हो । क्षेत्र नम्बर १ मा सभापति पदमा ३ जनाले उम्मेदवारी दिएका छन् भने केन्द्रिय महाधिवेशन प्रत्यक्ष प्रतिनिधि तर्फ २७ जना, महिलामा ६ जना, मधेसी तर्फ ९ जना लगायतले उम्मेदवारी दिएका छन् । दिउँसो ५ बजे सम्म मतदान हुने निर्वाचन अधिकृत बुद्ध पोखरेलले जानकारी दिनुभयो । 

क्षेत्र नम्बर ४ मा सर्वसम्मतिमा टुङ्गिएको छ भने क्षेत्र नम्बर २ मा सहमति भइसकेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ । क्षेत्र नम्बर १ मा ५ सय १० जना मतदाता रहेका छन् । यसैबीच क्षेत्र नम्बर ३ मा भने अझै विवाद कायम नै छ । मनरासिस्वा नगरपालिका वडा नम्बर ८ मा पनि आजै मतदान हुँदै छ । वडा अधिवेशन सकिएपछि मात्र क्षेत्र नम्बर ३ मा चुनाव हुने नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्र राय यादवले जानकारी दिनुभयो । 

क्षेत्र नम्बर ३ मा विवादका कारण अझै प्रदेश प्रतिनिधि चयन हुन सकेको छैन । पालिका, क्षेत्रीय र प्रदेश प्रतिनिधि चयन गर्ने प्रक्रिया सकिएपछि मात्र जिल्ला अधिवेशनको तयारी गर्ने सभापति यादवको भनाइ छ ।



https://ift.tt/30YxwjW

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3