$type=ticker$count=12$cols=4$cate=0

neelambads

आन्तरिक विवादका कारण छिन्नमस्ता गाउँपालिका अस्तव्यस्त

राजविराज । जनप्रतिनिधिहरूको आन्तरिक विवादका कारण सप्तरीको छिन्नमस्ता गाउँपालिका  अस्तव्यस्त बनेको छ । 
गाउँपालिकाको आर्थिक बर्ष २०७७/७८ र चालू आर्थिक वर्ष २०७८/७९ को गाउँसभा नै हुन सकेको छैन । गाउँसभा नहुँदा आर्थिक कारोबार नै रोकिएको छ ।

गाउँसभा हुन नसक्दा गाउँपालिकाका कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीले एक वर्षदेखि तलब पाएका छैनन् । सामाजिक सुरक्षा भत्ता वितरण ठप्प भएको छ भने बालबालिकाले पाठ्यपुस्तक पाएका छैनन् ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश शर्मा २०७७/७८ मा तलब र सामाजिक सुरक्षा भत्ता खुलाउने निर्णयबाहेक कुनै निर्णय हुन नसकेको बताउनुभयो । ‘त्यति बेला कर्मचारीलाई तलब दिने निर्णय भए पनि पेश्की लिएका कर्मचारीलाई तलब दिइएन’ उहाँ भन्नुहुन्छ , ‘पेश्की फछ्र्याैट गर्दा पनि उनीहरूलाई तलब दिइएन ।’

उहाँका अनुसार शिक्षक, स्वास्थ्यकर्मीलाई साउनदेखि र गाउँपालिकाका कर्मचारीले जेठदेखि तलब आएको छैन ।

सबैभन्दा ठूलो समस्या शिक्षा र स्वास्थ्यमा देखा परेको छ । शैक्षिक सत्रको आधा समय बितिसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । ‘विद्यार्थीको आधा सेसन गइसक्यो’ शर्मा भन्छन्, ‘१५ दिनमा किताब नदिए त्यसपछि पाउनै गाह्रो हुन्छ ।’

स्वास्थ्य चौकीहरूमा कुनै औषधि छैन । ‘सामान्य सिटामोल र जीवनजल पनि छैन’ गाउँपालिकाको स्वास्थ्य शाखा सह संयोजक दीपेन्द्र यादवले भन्नु भयो, ‘बिरामी आउँदा औषधि दिन सकिरहेको छैन ।’

उहाँका अनुसार आर्थिक वर्ष २०७६/७७ मा खरिद गरिएको औषधि सकिएपछि पछिल्लो ८ महिनादेखि औषधिको अभाव झेल्नुपरेको छ ।

स्वास्थ्य शाखा वर्षाको समयमा डुबानमा पर्ने गरेको छ । वर्षाको समयमा घरभित्रै पस्ने पानीले तीन महिना जति काम गर्न नै समस्या हुने गरेको यादव बताउँछन् । ‘पानी निकास हुन नदिन योजना बनाइएको छ, तर सभा नै हुन नसक्दा पानीभित्रै बस्नुपरेको अवस्था छ । गाउँपालिकामा कार्यालय सञ्चालनका लागि कुनै सामग्री छैन । ‘कसैले कुनै सामान दिन मानिरहेका छैनन्’ निमित्त प्रमुख प्रशासकीय अधिकृत शर्माले भन्नुभयो  ।

उहाँका अनुसार विद्युत् प्रयोग गरे बापतको भुक्तानी नगर्दा विद्युत् प्राधिकरणले लाइन काट्ने चेतावनी दिइसकेको छ । ‘एक–दुई वटा मात्रै छैन, हजारौँ समस्या भोग्नुपरेको छ । 

गाउँपालिका र वडा कार्यालय सञ्चालन गर्न घर भाडामा लिइएको छ । तर एक वर्षयता भाडा तिर्न नसक्दा घरधनीले खाली गराउन दबाब दिइरहेका छन् । शर्माका अनुसार कुल ७ वडामध्ये वडा नम्बर १ र ६ पुरानो गाविस भवनमा र वडा नम्बर ३ को कार्यालय छिन्नमस्ता मन्दिरको धर्मशालामै सञ्चालन भइरहेको छ । अन्य वडा कार्यालय कोठा भाडामा लिएर सञ्चालन गरिएको छ । लिइएको कोठाको भाडा तिर्न हाल सम्म तिर्न सकिएको छैन । 

लामो समयदेखि तलब, भत्ता नपाएको भन्दै गाउँपालिकाका कर्मचारी आन्दोलित भएका छन् । गाउँपालिकाका सबै कर्मचारी बुधवार दिउँसो गाउँपालिकाका कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा गाउँपालिका अन्तर्गतका शिक्षक, स्वास्थ्यकर्मी, कृषि, पशु सेवामा कार्यरत कर्मचारीले एकत्रित भएर सहभागिता जनाएका छन् । छिन्नमस्ता बजार क्षेत्रमा परिक्रमा गर्दै कार्यालय अगाडि आएर उनीहरूको प्रदर्शन टुङ्गिएको थियो ।

कर्मचारी आन्दोलित भएपछि जनप्रतिनिधि गाउँसभाको तयारीमा जुटेका छन् । गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डलले कात्तिक २६ गते गाउँसभा बोलाइ सकेको बताउनुभयो । 



https://ift.tt/3wdmfr4
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,651,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: आन्तरिक विवादका कारण छिन्नमस्ता गाउँपालिका अस्तव्यस्त
आन्तरिक विवादका कारण छिन्नमस्ता गाउँपालिका अस्तव्यस्त
https://onlineradionepal.gov.np/wp-content/uploads/2021/11/Chhinnamasta-mun.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/11/blog-post_4.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/11/blog-post_4.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy