![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/11/%E0%A4%86%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8B%E0%A4%B2%E0%A4%A8%E0%A4%B0%E0%A4%A4-%E0%A4%95%E0%A4%BE%E0%A4%A8%E0%A5%81%E0%A4%A8-%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%B5%E0%A4%B8%E0%A4%BE%E0%A4%AF%E0%A5%80-1024x470.jpg)
वीरगंज । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत पर्सा, बारा र रौतहटका कानुन व्यवसायीले आजदेखि ४ दिन सम्म बहस बहिष्कार गरी आन्दोलनमा उत्रिएका छन् ।
वीरगन्जस्थित उच्च अदालत अस्थायी इजलास, पर्सा जिल्ला अदालत, बारा जिल्ला अदालत र रौतहट जिल्ला अदालत बार एसोसिएसनको संयुक्त बैठकले अदालतमा चार दिन बहस बहिष्कार गरी आन्दोलनमा उत्रिने निर्णय गरेसँगै कानुन व्यवसायीहरूले बहस बहिष्कार गरेका हुन ।
बैठकको निर्णय अनुसार उच्च अदालत अस्थायी इजलास, पर्सा जिल्ला अदालत, बारा जिल्ला अदालत र रौतहट जिल्ला अदालतमा कानुन व्यवसायीहरूले आज देखि चार दिनसम्मका लागि बहस बहिष्कार गरेको र बन्दी प्रत्यक्षीकरण मुद्दाबाहेक अन्य मुद्दाको पेशी चार दिनसम्म स्थगित समेत गरेको उच्च अदालत बार एसोसिएसन वीरगन्जका सचिव शैलेन्द्र चौरसीयाले बताउनुभयो ।
आन्दोलनको कार्यक्रम अन्तरगत आज बिहान ११ बजे देखि १ बजे सम्म कानुन व्यवसायीहरूले धर्ना दिएका थिए ।
https://ift.tt/3xe3AvA
प्रतिक्रिया लेख्नुहोस्