Menu

आजको मौसम

राष्ट्रपति भण्डारी आज मटिहानी आउनुहुँदै

Author
Trilok Khabar |
November 22, 2021
Featured

बर्दिबास।राष्ट्रपति विद्यादेवी भण्डारी आज सोमबार महोत्तरीको ऐतिहासिक तथा धार्मिक नगरी मटिहानी आउनलाग्नु भएको छ ।

मुलुकको प्राचीन मिथिला क्षेत्रमा पर्ने मटिहानी नगर अहिले उत्सवमय देखिँदो छ । आफ्नो ठाउँमा राष्ट्रप्रमुख (राष्ट्रपति) आउने कार्यक्रमले मटिहानीवासीले यसलाई उत्सवका रूप दिएका छन् ।राष्ट्रपति भण्डारी मटिहानीका धार्मिक स्थल, संस्कृत शिक्षाको पुरानो केन्द्र रहेको ३०३ वर्ष पुरानो पाठशालाको अवलोकनसँगै नवनिर्मित रङ्गशाला समुद्घाटन गर्न आउन लाग्नु भएको हो ।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले नगरपालिकाद्वारा निर्माण गरिएको रङ्गशालाको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

जलेश्वरको परिकौलीमा रहेको नेपाली सेनाको रणभीम गणमा हेलिकप्टर ल्याण्ड गरिने र सोही ठाउँमा राष्ट्रपतिको स्वागत गरी सवारीबाट करिब ७ किलोमिटर दूरीमा रहेको मटिहानी लगिने कार्यक्रम रहेको जानकारी दिदैं नगरप्रमुख मण्डलले मटिहानीमा सर्वप्रथम मटिहानी मठमा पूजाअर्चना गरी त्यहाँबाट नेपालकै सबैभन्दा पुरानो विद्यालय राजकीय संस्कृत माविको अवलोकनपश्चात् रङ्गशालाको उद्घाटन गरिनेछ ।



https://ift.tt/3FD5rwY

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3