Menu

आजको मौसम

बारामा सवारी दुर्घटना हुँदा दुइको मृत्यु, एक गम्भीर घाइते

Author
Trilok Khabar |
November 14, 2021
Featured

बारा । बारामा सवारी दुर्घटना हुँदा दुई जना को मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

कोल्हबी नगरपालिका वडा नम्बर १ बटौलिया चौक स्थित कोल्हबी बाट श्रीपुर तर्फ जाँदै गरेको ना.४२ प ८०२३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर सोही ठाउँमा रहेको बटौलिया स्वास्थ्य चौकीको भवनमा ठोकिँदा तीन जना सवार मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बारा का प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

दुर्घटना पश्चात् घाइते भएका तिनै जनाको उपचार को लागि वीरगंजस्थित नारायणी अस्पताल मा लगिएको थियो । उपचाररत तीन जना मध्ये दुई जना को मृत्यु भएको थियो । मृत्यु हुनेमा कोल्हबी नगरपालिका वडा नम्बर १ कोल्हबी टोल बस्ने बर्ष २० को सागर चौधरी र सोही ठाउँका बर्ष १९ को सुशील चौधरी रहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनुभयो । 

घाइते भएका कोल्हबी नगरपालिका वडा नम्बर ९ श्रीपुर बस्ने बर्ष २० को अशोक चौधरीको नारायणी अस्पताल मा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



https://ift.tt/3os9AwP

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3