Menu

आजको मौसम

तराई मधेसमा छठ पर्व नजिकिएसँगै उपभोग्य वस्तुको मूल्य आकासियो

Author
Trilok Khabar |
November 08, 2021
Featured

बीरगंज । तराई मधेसको प्रमुख चाड छठ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ । 

छठ सुरु हुँदै गर्दा पछिल्ला दिनमा बजारमा अत्यावश्यक उपभोग्य सामग्रीको मूल्य आकासिएको हो । 

पछिल्ला दिनमा बजारमा अत्यावश्यक उपभोग्य वस्तु, तरकारी, चिनी, तेल लगायतका दैनिक उपभोग्य सामानको मूल्य बढेको छ । 

सरकारका नियमनकारी निकायको बजार अनुगमन प्रभावकारी नहुँदा खाद्यवस्तुको मूल्य महँगो भएको उपभोक्ताहरूले बताएका छन् । 

अहिले चिनी प्रतिकिलो ५ रुपैयाँ, गेडागुडी प्रतिकिलो १० रुपैयाँ, तेलप्रति लिटर १५ रुपैयाँभन्दा बढीले मूल्य वृद्धि भएको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय, स्थानीय निकाय लगायतले नियमित रुपमा बजार अनुगमन गरेको दाबी गरे पनि प्रभावकारी रुपमा अनुगमन हुन नसक्दा सर्वसाधारण उपभोक्ता चाडबाडको बेला ठगिने गरेका छन् । 

पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले दसैँ तिहार, छठलाई लक्षित गर्दै लगातार रुपमा बीरगंज बजारमा नियमित अनुगमन भइरहेको र महँगो मूल्य, गुणस्तरहीन सामान बिक्री गर्नेलाई कारबाही भएको जानकारी दिनुभयो । 

अरू बेलाभन्दा चाडपर्वमा कारोबार पनि धेरै हुने र उपभोक्ता ठगिने सम्भावना पनि बढी हुने भएकाले त्यसैअनुसार अनुगमन हुँदै आएको प्रमुख जिल्ला अधिकारी ढकालले दाबी गर्नुभयो ।



https://ift.tt/3C6Rg1j

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3