Menu

आजको मौसम

लागु औषध गाँजासहित तीन जना पक्राउ

Author
Trilok Khabar |
November 03, 2021
Featured

बारा । बारा प्रहरीले जीतपुरबाट लागु औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय जितपुरबाट डियूटीमा खटिएको प्रहरी टोलीले पैदल यात्रु र सवारी साधनहरू चेकजाँच गर्ने क्रममा तीन जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक मनोजित कुवरले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं.२ बस्ने बर्ष २२ का अखिल मोक्तान, बर्ष २३ का सुमन रुम्बा र बर्ष १९ का विजय थिङ रहेका छन् । 

उनीहरूले चार वटा पोकामा बोकेको झोलाहरूमा चेकजाँच गर्दा अवैध लागु औषध गाँजा १२ किलो बरामद भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । 

पक्राउ परेकाहरूलाई लागु औषध शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक कुवरले बताउनुभयो ।



https://ift.tt/2ZQl1pD

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3