Menu

आजको मौसम

मिथिलाञ्चलमा भरद्वितीया पर्व मनाइँदै 

Author
Trilok Khabar |
November 06, 2021
Featured

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा आज भरद्वीतीया अर्थात् भातृद्वितीया पर्व धूमधामका साथ मनाइदैछ । 

प्रत्येक बर्ष कार्तिक शुक्लपक्ष द्वितीया तिथिका दिन मनाइने भरद्वितीया पर्वमा दिदी बहिनीले दाजु भाइलाई स्नान गरी नयाँ कपडा लगाएर अन्न ग्रहण गर्नु भन्दा अगाडि नै घरको आँगनमा गाइको गोवरले लिपपोत गरेर पिठारको अर्पन पारेर त्यस माथि काठको पिढा धोई पखाली सजाएर त्यस माथि दाजुभाइलाई बस्न लगाएर हातमा चावलको पिठार तथा टिका लगाएर पानसुपारी, मखान, केराउ, कुभिण्डोको फूल तथा द्रव्य राखेर तीन पटक पूँजा गर्ने चलन रहेको छ ।  

विधिपूर्वक मन्त्रको उच्चारण गरेर तीन पटक हातको पूँजा गर्दै दिदी बहिनीले दाजुभाइको सु स्वास्थ्य, समृद्धि तथा दीर्घजीवनको काना सहित टिका लगाई दिगोवर्धन पूजामा प्रयोग गरेको केराउको दाना खुवाई बलियो तथा बुद्धिमान हुने आशिष् दिने चलन रहेको छ । 

टिकापछि दाजुभाइले दिदी बहिनीलाई गच्छे अनुसारको दान, उपकार तथा नगद प्रदान गर्ने गर्दछन् भने दाजुभाइलाई दिदी बहिनीले मिठाई सहितका अन्य प्रकारको मिठो खाद्यान्नका परिकारहरू तयार पारेर खुवाउने चलन रहेको छ । 

आफ्नो दाजुभाइ नहुनेले छिमेकी तथा नातामा पर्ने दाजुभाइलाई आमन्त्रण गरेर भातृिद्वतीया पर्व मनाउने चलन मिथिलाञ्चलमा रहेको छ । दाजुभाइको टिका लगाएपछि मात्र दिदी बहिनीले अन्न जल ग्रहण गर्ने चलन पनि रहेको छ । 

यस पर्वले दाजुभाइ तथा दिदी बहिनी बीचको सम्बन्धलाई सुमधुर तथा प्रगाढ बनाउने मान्यता रहेको छ । यस पर्वमा दाजुभाइले बिहे भएका दिदी बहिनीको ससुराली घरमा नै पुगेर भाइटिका लगाउने चलन रहेको छ । 

बिहानको शुभ साइत भए पनि टाढा भएका दिदी बहिनीको घरसम्म दाजुभाइलाई पुग्न समय लाग्ने भएकाले आज दिन भरि नै टिका लगाउने चलन मिथिलाञ्चलमा रहेको छ । 



https://ift.tt/3qkMxXc

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3