Menu

आजको मौसम

काँग्रेस प्रदेश २ का संसदीय दलका नेताद्वारा प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा

Author
Trilok Khabar |
November 22, 2021
Featured

जनकपुरधाम । नेपाली काँग्रेसका प्रदेश नंं २ का संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पार्टीको १४ औँ महाधिवेशनमा प्रदेश नंं २ को सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । 

नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नै यादवले ४८ वर्ष देखि काँग्रेसको लागि काम गरेको र पटक पटक गरेर साढे तीन वर्षसम्म जेलनेल पनि भागेकाले आफू प्रदेश समितिको सभापतिका लागि योग्य भएको भन्दै उम्मेदवारी दिएको बताउनु भयो । 

उहाँले आफू २०२९ सालमा नयाँ शिक्षा पद्धतिको विरुद्धमा भएको आन्दोलनबाट विद्यार्थी राजनीतिबाट यात्रा शुरु गरेको बताउँदै त्यसपछि निरन्तर रुपमा जिल्ला सचिवका साथै २०४९ सालमा जिल्ला विकास समितिको सभापति पद, नेपाली काँग्रेस धनुषाका सभापति भएर काम गरेको बताउनुभयो । 

यसका साथै रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामको स्वतन्त्र विद्यार्थी युनियनका सभापति पनि भएर कामकाज गरेको बताउनु भयो । उहाँले वि पी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि, विमलेन्द्र निधिसँग पनि पार्टीमा कामकाज गरेको बताउँदै प्रदेशमा काँग्रेसको सङ्गठन अझ बढी सुदृढ गर्नका लागि सभापतिको घोषणा गरेको बताउनुभयो । 

एक प्रश्नको जिज्ञासामा प्रदेश नंं २ का मन्त्री समेत रहनु भएका यादवले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका  लागि घोषणा गर्नु भएका नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि पार्टीका कुनै पनि नेता भन्दा योग्यता, क्षमता, पार्टीमा भएको लगानी तथा बुद्धिले कमजोर नभएकाले आफूहरू उहाँको साथमा रहेको बताउनुभयो । 

प्रदेश सभापति पदका लागि उम्मेदवारी घोषणा गर्नु भएका यादवले आफू सभापतिमा निर्वाचित भएपछि पार्टी सङ्गठनलाई मजबुत बनाउनुका साथै पार्टीको प्रदेश स्तरीय पार्टी कार्यालय बनाउने घोषणा पनि गर्नु भयो । 

नेपाली काँग्रेस धनुषाको अहिले रहेको भवनलाई पनि राम्रो बनाएर सोही ठाउँमा भव्य एवं आकर्षक भवनको निर्माण गरेर कार्यकर्ताहरूको भावनालाई कदर गरेर प्रदेश नंं २ मा पार्टीलाई १ नम्बर पार्टी बनाउने बताउनुभयो । 



https://ift.tt/3oN7hEY

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3