![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/11/%E0%A4%86%E0%A4%A7%E0%A5%81%E0%A4%A8%E0%A4%BF%E0%A4%95-%E0%A4%95%E0%A5%83%E0%A4%B7%E0%A4%BF-%E0%A4%94%E0%A4%9C%E0%A4%BE%E0%A4%B0%E0%A4%B2%E0%A5%87-%E0%A4%95%E0%A4%BF%E0%A4%B8%E0%A4%BE%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%A7%E0%A4%BE%E0%A4%A8-%E0%A4%AD%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%89%E0%A4%A8-%E0%A4%B8%E0%A4%B9%E0%A4%9C-.jpg)
वीरगंज । बारा, पर्सा रौतहट लगायतका मध्य तराईका जिल्लाहरूमा अहिले किसानहरू धानबाली भित्र्याउन व्यस्त रहेका छन् ।
विगतमा खेताला र मजदुरहरूद्वारा धानबाली भित्र्याइने परम्परा रहेकोमा केही बर्ष यता आधुनिक कृषि औजारको प्रयोगले धान, गहुँ लगायतका बाली भित्र्याउन किसानलाई सहज भएको छ ।
अहिले बारा, पर्सा लगायतका जिल्लाहरूमा खेतमै धान कटानी गर्ने देखि धान झार्ने सम्मका मेसिन कम्पाइन, हार्वेसटर, थ्रेसरको प्रयोगले किसानहरूलाई सहज भएको पर्सा पटेर्वासुगौलीका अगुवा किसान राज कुमार साहले बताउनुभयो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/11/%E0%A4%86%E0%A4%A7%E0%A5%81%E0%A4%A8%E0%A4%BF%E0%A4%95-%E0%A4%95%E0%A5%83%E0%A4%B7%E0%A4%BF-%E0%A4%94%E0%A4%9C%E0%A4%BE%E0%A4%B0%E0%A4%B2%E0%A5%87-%E0%A4%95%E0%A4%BF%E0%A4%B8%E0%A4%BE%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%A7%E0%A4%BE%E0%A4%A8-%E0%A4%AD%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%89%E0%A4%A8-%E0%A4%B8%E0%A4%B9%E0%A4%9C1-1-1024x552.jpg)
बारा पर्सामा यस पटक निरन्तर पानी परेको र धानीबालीमा लाग्ने रोग किरा समेत कमी आएको कारण उत्पादन बढ्ने किसान साहले बताउनुभयो ।
विगतमा धान काट्न मेसिन नहुँदा हातले हसिया मार्फत काट्नु पर्ने र धान पराल थन्काउन दाईहाल्ने परम्परा अहिले अन्त्य हुँदै गएको र किसानहरू आधुनिक कृषि उपकरणको प्रयोग गरी कम खर्चमा धान बाली थन्काउन थालेको पर्सा विरुवागुठीका किसान भुवन पौडेलले बताउनुभयो ।
https://ift.tt/3kWIey2
प्रतिक्रिया लेख्नुहोस्