Menu

आजको मौसम

आधुनिक कृषि औजारले किसानलाई धान भित्र्याउन सहज

Author
Trilok Khabar |
November 21, 2021
Featured

वीरगंज । बारा, पर्सा रौतहट लगायतका मध्य तराईका जिल्लाहरूमा अहिले किसानहरू धानबाली भित्र्याउन व्यस्त रहेका छन् । 

विगतमा खेताला र मजदुरहरूद्वारा धानबाली भित्र्याइने परम्परा रहेकोमा केही बर्ष यता आधुनिक कृषि औजारको प्रयोगले धान, गहुँ लगायतका बाली भित्र्याउन किसानलाई सहज भएको छ । 

अहिले बारा, पर्सा लगायतका जिल्लाहरूमा खेतमै धान कटानी गर्ने देखि धान झार्ने सम्मका मेसिन कम्पाइन, हार्वेसटर, थ्रेसरको प्रयोगले किसानहरूलाई सहज भएको पर्सा पटेर्वासुगौलीका अगुवा किसान राज कुमार साहले बताउनुभयो ।

बारा पर्सामा यस पटक निरन्तर पानी परेको र धानीबालीमा लाग्ने रोग किरा समेत कमी आएको कारण उत्पादन बढ्ने किसान साहले बताउनुभयो । 

विगतमा धान काट्न मेसिन नहुँदा हातले हसिया मार्फत काट्नु पर्ने र धान पराल थन्काउन दाईहाल्ने परम्परा अहिले अन्त्य हुँदै गएको र किसानहरू आधुनिक कृषि उपकरणको प्रयोग गरी कम खर्चमा धान बाली थन्काउन थालेको पर्सा विरुवागुठीका किसान भुवन पौडेलले बताउनुभयो । 



https://ift.tt/3kWIey2

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3