Menu

आजको मौसम

तिलाठी कोइलाडीका सबै संस्थागत विद्यालयमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने

Author
Trilok Khabar |
November 18, 2021

राजविराज  । तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गतका सम्पूर्ण संस्थागत विद्यालयहरूमा एकै खालको पाठ्यपुस्तक लागू हुने भएको छ ।

गाउँपालिकाको शिक्षा शाखाका प्रमुख राजेश कुमार झाको अध्यक्षतामा बुधवार बसेको संस्थागत विद्यालयहरूको बैठकले सबै विद्यालयमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । 

संस्थागत विद्यालयहरूले आगामी शैक्षिक सत्रदेखि आफू खुसी पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने भएको छ ।

संस्थागत विद्यालयहरूले विद्यार्थीहरूबाट लिने शुल्कमा एकरूपता कायम गर्ने तथा विभिन्न परीक्षाहरू समेत एकै मितिमा सञ्चालन गर्ने निर्णय गरिएको छ ।

संस्थागत विद्यालयहरूले लिने शुल्कमा विभिन्नता भएकोले अभिभावकले बेहोर्न सक्ने र विद्यालय समेत मारमा नपर्ने गरी शुल्क निर्धारण गर्नका लागि शिक्षा शाखा प्रमुखको संयोजकत्वमा एउटा समिति समेत गठन गरिएको छ ।  


सो समितिले सबै विद्यालयमा एकरूपता कायम गर्न नर्सरी देखि १० कक्षा सम्मको पाठ्यपुस्तक सम्बन्धमा अध्ययन गरी सूची तयार गर्ने र त्यसमाथि वृहत् छलफल गरी निर्णय गरिने शिक्षा शाखा प्रमुख राजेश कुमार झाले जानकारी दिनुभयो ।

संस्थागत विद्यालयहरूले आफूखुसी प्रायजसो सबै बर्ष कुनै न कुनै पाठ्यपुस्तक परिवर्तन गर्नाले विद्यार्थी मारमा पर्ने गरेकाले सो निर्णय गरिएको उहाँले बताउनुभयो ।



https://ift.tt/eA8V8J

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3