![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/11/%E0%A4%B0%E0%A5%8C%E0%A4%A4%E0%A4%B9%E0%A4%9F%E0%A4%AE%E0%A4%BE-%E0%A4%B9%E0%A4%BE%E0%A4%B5%E0%A4%BE-%E0%A4%AD%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87-%E0%A4%9F%E0%A4%AF%E0%A4%BE%E0%A4%82%E0%A4%95%E0%A5%80-%E0%A4%B5%E0%A4%BF%E0%A4%B7%E0%A5%8D%E0%A4%AB%E0%A5%8B%E0%A4%B7%E0%A5%8D%E0%A4%9F.jpeg)
वीरगंज । रौतहटको कटहरिया बजारमा हावा भर्ने टयांकी विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
हावा भर्ने टयांकी विष्फोट हुँदा टाउकोमा चोट लागि गम्भीर घाइते भएका ग्यारेजका सञ्चालक २० वर्षीय समसुल मियांलाई उपचारका लागि वीरगंज ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते हुने अर्का एक जना समसुलका साथी २५ वर्षीय जैसी यादव रहेको र यादवको हातमा चोट लागेको कारण स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । हावा भर्ने क्रममा टयांकी विष्फोट हुँदा नजिकै रहेको विद्युतको तार समेत चुँडिएको थियो ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।
https://ift.tt/3qSMjHa
प्रतिक्रिया लेख्नुहोस्