Menu

आजको मौसम

विप्लवको बन्दको प्रदेश २ मा आंशिक प्रभाव, धनुषामा २ पक्राउ

Author
Trilok Khabar |
November 16, 2021
Featured

जनकपुरधाम । पेट्रोलियम पदार्थको मूल्यमा गरिइएको वृद्धिको विरोध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको कारण प्रदेश २ मा आंशिक प्रभाव मात्र परेको छ । 

लामो दूरीका सार्वजनिक सवारीका साधन बन्द रहे पनि छोटो दूरीमा चल्ने सवारी साधन तथा निजी सवारी साधन, बजार तथा शिक्षण संस्था प्रायः खुल्ला रहेको छ । सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाहरू पनि खुल्ला नै रहेको छ । 

आज बिहानैदेखि जनकपुरधामबाट लामो दुरीका सवारीसाधन चलेका छैनन् भने छोटो छोटो दुरीका गाडीहरू छिटफुट रुपमा चलेको छ । मोटरसाइकल, ई रिक्सा अन्य दिन जस्तै चलेको छ । 

बन्दको कारण भन्दै व्यवसायीहरू आफै सवारी साधन नचलाएको कारण जनकपुरबाट जाने आउने सवारीसाधन कम चलेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनु भएको छ । 

यता प्रायः शिक्षण संस्थाहरू, बजार, उद्योग व्यापार पूर्ण रुपमा नै खुल्ला अवस्थामा रहेको छ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा नेकपाले आज नेपाल बन्द आह्वान गरेको छ । 

बन्दको क्रममा प्रदेश नंं २ को धनुषा, महोत्तरी, सिरहा, सप्तरी तथा सर्लाही जिल्लामा कुनै प्रकारको अप्रिय घटना नघटेको प्रदेश नंं २ को प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । बन्दलाई दृष्टिगत गरेर प्रदेश नंं २ को अस्थायी राजधानी सहितका जिल्लाहरूमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी ठूलो सङ्ख्यामा परिचालन गरिइएको छ । 

यसै बीच धनुषामा जबरजस्ती बन्द गराउने कार्यमा संलग्न रहेका नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका दुई जना कार्यकर्तालाई नियन्त्रणमा लिइएको पनि धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । 



https://ift.tt/3kDqPdG

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3