सुनसरी। कात्तिक कृष्णपक्षमा मनाइने तिहारको तेस्रो दिन बिहीबार हुने दीपावलीको लागि सुनसरीका गाउँ र नगरका बस्तीमा माटोको दियो, घैला सहितका भाँडाको बिक्री बढेको छ ।दीपावली र छठ पर्वमा कलश, दियो, घडा, छ्याँची र ढकना सहित नयाँ माटाका भाँडा प्रयोग गरिने बजारमा माटाका भाँडाको बिक्री बढेको हो ।
वर्षभरि अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाका भाँडा यी तिहार पर्व विशेषमा अनिवार्य जस्तै मानिँदै आएकाले यसले बजार पाएको दुहबी १० सिमारिया का मनोज पण्डितले बताउनुभएको छ ।मुख्य व्यापारिक केन्द्र दुहबी, इनरुवा, इटहरी, धरान, लौकही, भोक्राहा, नरसिंह, भुटाहा, हरिनगराको मुख्य चोक र हटियामा अहिले साप्ताहिक हटियाको दिन मात्र नभई दिनहुँ जसो माटाका भाँडा बिक्री हुँदै आएका छन् ।
सांस्कृतिक पर्वमा आवश्यक पर्ने भाँडा माटाकै प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिएसँगै माटाका भाँडा बनाउने कुम्हालेको व्यस्तता निकै बढेको छ । तराई क्षेत्रमा माटाका नयाँ भाँडा कार्य गर्न उत्तम हुने धार्मिक, सामाजिक मान्यताले चाड पर्वमा यसको माग ह्वात्तै बढ्ने गरेको यहाँका उद्यमी, व्यापारी र सर्वसाधारण बताउँछन् ।
दीपावली र छठ पर्वमा बत्ती बाल्ने दियो, कलश राख्ने घडा तथा माटाकै नयाँ भाँडा प्रयोग गरिने परम्पराले यसको कारोबारमा वृद्धि भएको माटोका भाँडा बनाउँदै आएका मोरङ बुढीगंगा गाउँपालिका का दीपक राज पण्डितले बताउनुभयो ।पण्डितले पहिले पहिले त हाम्रो गुजाराको पेसा नै यही थियो, अब प्लास्टिक र अन्य धातुका भाँडाको प्रयोग बढेपछि चाडपर्वमा खुम्चिएको गुनासो गर्नुभयो ।
वहाँले यतीको हुँदा समेत पर्वमा अनिवार्य माग भएकाले कात्तिक कृष्णपक्ष सुरु भएसँगै तिहार को तयारी थालिने र लगत्तै छठ आउने भएकाले सर्वसाधारण पर्व विशेषको समानको जोहोमा लागेसँगै माटाका भाँडाको व्यापार बढेको बताउनुभयो ।
https://ift.tt/3BEU31s
प्रतिक्रिया लेख्नुहोस्