
वीरगंज । रुंगटा वेलफेयर सोसाइटीले पर्सा बारामा छठ पर्व मनाउने आर्थिक अवस्था विपन्न भएका ८ सय महिलाहरूलाई आज एक कार्यक्रमका बीच साडी वितरण गरेको छ ।
ग्रिन सिटी सामुदायिक केन्द्र आदर्शनगरको सहयोगमा साडी वितरण गरिएको केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बताउनु भयो ।
यस अघि केन्द्रले वीरगंज कारागारका ८३ जना महिला कैदीबन्दीहरुलाई एक/एक साडी र २ किलोका दरले आटा वितरण गरेको थियो ।

त्यसै गरी वीरगंज महानगरपालिका वडा नम्बर २६ का गरिब तथा विपन्न वर्गका महिलाहरूलाई छठ पर्व मनाउनका लागि वडा अध्यक्ष शम्भु मिश्रको निजी खर्चमा ६ सय थान साडी वितरण गरिएको छ ।
महानगरपालिकाको २६ नम्बर वडा अन्तरगत अठराहा र सुगौली टोलमा रहेका विपन्न परिवारका महिलाहरूलाई साडी वितरण गरिएको मिश्रले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य रामरुप प्रसाद कुर्मी, प्रदिप प्रसाद कुर्मी, सुरेश प्रसाद कुर्मी, रामबाबु प्रसाद कुर्मी, शिवनारायण प्रसाद यादव, रामानन्द प्रसाद कुर्मी, विरेन्द्र कुर्मी, जयशिव प्रसाद, महमुद आलम, राजेश्वर प्रसाद, सुखल पासवान लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

यसैगरी छठ पर्वको अवसरमा आज बाराको विश्रामपुर गाउँपालिकाका समाजसेवी भोला साहले गाउँका विपन्न महिलाहरूलाई साडी वितरण गर्नु भएको छ ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सुमित्रा देवी, युवा समाजसेवी उपेन्द्र साह तेली लगायतको सहभागिता रहेको थियो ।
https://ift.tt/2ZZRV7b