
जनकपुरधाम । प्रदेश नंं २ मा कोरोना सङ्क्रमणको दरमा व्यापक मात्रामा कमी आएपछि प्रदेश नंं २ को बन्द रहेको कारखानाहरू सञ्चालन गर्ने तयारी भएको छ ।
खास गरेर अहिले कोरोनाको महामारीमा कमी आएपछि बजारमा चहलपहल बढेको छ भने उद्योग व्यापारमा वृद्धि भएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले धनुषामा २५ वटा नयाँ उद्योग स्थापनाको तयारीमा रहेको छ । केही उद्योग सञ्चालनको तयारीमा पुगेको पनि अध्यक्ष महासेठले जानकारी दिनुभयो ।
कोरोना महामारीका कारणले बन्द रहेको महोत्तरी जिल्लाको रामनगरमा रहेको एभरेष्ट चिनी कारखाना पनि सञ्चालनको तयारी गरिएको छ । चिनी उत्पादनका लागि चाहिने कच्चा पदार्थहरू मगाउने काम भइरहेको उद्योगका सञ्चालक मुन्ना सर्राफले जानकारी दिनु भएको छ ।
तर कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय स्तरमा नै बढेको कारणले चिनीको उत्पादन लागत बढ्ने अवस्था रहेको छ । यति मात्र नभएर भूमिको खण्डीकरण भएका कारणले चिनीका लागि आवश्यक पर्ने उखुको उत्पादनको क्षेत्रफल घटेको छ । अहिले भूमिको खण्डीकरण भइरहेको बताउँदै उद्योगपति सर्राफले उखु किसानको बाँकी बक्यौताको कारणले मात्र उखु उत्पादनको क्षेत्रफल घटेकोमा कुनै सत्यता नभएको दाबी गर्नु भयो । उहाँले १२ महिनाको अवधिमा सबै किसानको भुक्तानी हुने गरेको बताउनुभयो ।
उखु उत्पादनको क्षेत्रफल नै घटेका कारणले यस पटक उद्योग सञ्चालन पूर्ण अवधि गर्न कठिन रहेको उहाँले बताउनुभयो । अहिले देश भरिमा नै उखुको उत्पादन घटेको छ । किसानहरूले समयमा उद्योगपतिले उखुको मूल्य नदिएका कारणले नै उखुको खेती छाडेर अन्य खाद्यान्नको खेती गर्नका लागि बाध्य भएका छन् । प्रदेश नंं २ मा ४ वटा ठुला चिनी कारखाना रहेका छन् । यसै गरी अन्य उद्योगहरूको पनि सञ्चालन भइरहेको छ ।
https://ift.tt/3xmPecx
प्रतिक्रिया लेख्नुहोस्