Menu

आजको मौसम

जनकपुरधामको मठ मन्दिरमा आज अन्नकुट पर्व मनाइँदै

Author
Trilok Khabar |
November 05, 2021
Featured

जनकपुरधाम । जनकपुरधाम सहित मिथिलाञ्चलको मठ मन्दिरहरूमा नियम निष्ठा पूर्वक अन्नकुट पर्व आज धूमधामका साथ मनाइँदै छ । 

प्रत्येक वर्ष कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिका दिन अन्न कुट पर्व मनाइन्छ । खास गरेर जनकपुरधामका मठ मन्दिरहरूमा छपन्न प्रकारका बेञ्जनहरु तयार पारेर भगवानलाई अर्पण गरी आज साँझ प्रसादको रुपमा सर्वसाधारणलाई अन्नकुटको प्रसाद खुवाउने चलन रहेको छ । 

जनकपुरधामको सीताकुण्डमा २०३२ साल देखि नै भव्य रुपमा अन्नकुट पर्वको आयोजना गर्दै आएको मन्दिरका महन्थ एवं श्रीरामानन्दीय वैष्णव संघका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका रामनरेश उपाध्यायले जानकारी दिनु भएको छ । 

जनकपुरधामको सीता कुण्डका अतिरिक्त जानकी मन्दिर, राम मन्दिर , रत्नसागर, अग्निकुण्ड, विहारकुण्डका मठ मंन्दिरहरमा धूमधामका साथ पर्व मनाउने चलन रहेको छ । अन्नकुटको प्रसाद ग्रहणका लागि आफै भक्तजनहरू आउने गरेका छन् । 

खास गरेर भगवान् श्रीरामले लङ्का माथि विजय हासिल गरेर माता सीतालाई फिर्ता ल्याएको  खुसीयालीमा परम्परा देखि नै अन्नकुट पर्व मनाउने चलन रहेको छ । खुसीयालीमा ५६ प्रकारका खाद्यान्न सामाग्रीहरू भगवानलाई अर्पण गर्ने चलन रहेको छ । 

जनकपुरधामको सीता कुण्ड स्थानमा तीन हजार भक्तजनहरूले प्रसाद ग्रहण गर्दै आएको पनि महन्थ दासले बताउनु भयो । यसमा प्रयोग हुने अधिकांश सामाग्रीहरू खाद्यान्न नै रहने गरेकाले कृषिलाई अन्नकुटले प्रोत्साहित गर्ने गरेका छन् । 



https://ift.tt/3nXOeal

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3