जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका सबैभन्दा ठूलो पर्वको रुपमा रहेको छठ पर्वको तयारी शुरु भएको छ ।
जनकपुरधाम सहित तराई मधेशका जिल्लाहरूमा छठ गर्नका लागि आवश्यक पर्ने माटाको भाडा, बाँसको सामाग्रीहरू किन्ने चलन दुई साता अगाडी देखि नै शुरु भए पनि नदी, जलाशय तथा पोखरीहरूको सरसफाई गरेर सजाउने काम शुरु भएको छ ।
यसका साथै खाद्यान्नका परिकारहरू, फलफूलहरू किन्ने क्रम पनि शुरु भएको छ । जनकपुरधामको प्रमुख पोखरीहरू गंगासागर, धनुषसागर, अङ्गराजसर, रत्नसागर, अग्निकुण्ड, बाल्मिकीसर जस्ता तलाउँहरुको सरसफाई गरेर टेन्ट लगाउने क्रम शुरु भएको छ ।
यसका साथै ग्रामीण क्षेत्रमा भएका पोखरी, नदी तथा सरोवरहरूको सरसफाई तथा शौन्दर्यीकरणको काम शुरु भएको छ । कार्तिक शुक्लपक्ष चतुर्थी तिथिबाट नहा खा गरेर शुरु हुने छठ पर्व सप्तमी तिथिसम्म चल्नेछ ।
निक्कै कठोर व्रतको रुपमा रहने छठ पर्वमा निक्कै सामानहरूको जोहो गर्ने भएकाले यसको तयारीमा व्रती तथा निजका परिवार दुई साता अगाडी देखि नै जुट्ने गरेको व्रती एवं हंशपुर नगरपालिकाका उपप्रमुख रेणु झाले बताउनु भयो ।
लक्ष्मी पूँजा सकेपछि नै यसको तयारीमा तीव्रता हुने भएकाले बजारहरूमा फलफूल तथा अन्य सामाग्रीहरू किन्नेको निक्कै भिड रहने गरेको छ । यस वर्ष निक्कै महगाई भएकाले सामानहरूको व्यवस्थापन गर्नमा निक्कै कठिनाइ भएको सामान्य परिवारका व्यक्तिहरूले बताउनु भएको छ ।
यता केही हुने खाने व्यक्ति एवं संस्थाहरूले छठ पर्वका सामाग्रीहरू व्रत गर्ने निम्न आय भएका परिवारलाई निःशुल्क रुपमा प्रदान गर्दै आएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नंं १ का वडाध्यक्ष शत्रुधन साहले ३ सय ५० परिवारलाई छठको पूँजासामाग्री वितरण गर्नु भएको छ ।
अन्य कतिपय व्यक्तिहरूले पनि छठका पूँजा सामाग्रीहरू निम्न आय भएका परिवारका व्रतीहरूलाई निःशुल्क रुपमा वितरण गरेका छन् । सूर्यको उपासना गर्ने छठ पर्वको रौनकता अहिले देश भरि नै बढ्न थालेको छ ।
https://ift.tt/3mPSmKr
प्रतिक्रिया लेख्नुहोस्