बीरगंज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आज एक कार्यक्रमका बीच बिरगंज महानगरपालिका वडा नम्बर १६ इनर्वा टोलमा शिव मन्दिरको शिलान्यास गर्नुभएको छ ।
मुख्यमन्त्री राउतले निर्वाचन क्षेत्र विकास कोषको अन्तरगतको २५ लाखको लागतमा निमार्ण हुन लागेको शिव मन्दिरको आज शिलान्यास गर्नुभएको हो ।
मन्दिर निर्माण समितिका अध्यक्ष लालदेव यादवको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादव, मौलाना नुरुलहोदा, सङ्घीय परिषद् सदस्य शेख समीर, विद्यार्थी नेता आमोद यादव, वडा न. १६ का अध्यक्ष श्यास बावु चौरसिया, इकाई अध्यक्ष अरुण यादव, पलकधारी यादव, प्रमोद यादव, मदन यादव, पिन्टु उपाध्याय, लगायतको सहभागिता रहेको थियो ।
यसैगरी, मुख्यमन्त्री राउतले आजै वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा पोखरीको परिसरमा रहेको प्रसिद्ध बौद्ध माई मन्दिरको शिलान्यास समेत गर्नुभएको छ ।
https://ift.tt/3kiNsE2
प्रतिक्रिया लेख्नुहोस्