लहान । सिरहा जिल्लामा २०७७ पुस देखि २०७८ मङ्सिर सम्म १ सय २८ वटा महिला हिंसाको घटना अभिलेखीकरण भएको ओरेक नेपालको शाखा लहान (सिरहा) ले जनाएको छ ।
सरोकारवाला तथा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रियामा उक्त घटनाहरू सञ्चारकर्मी समक्ष सार्वजनिक गरिएको थियो । उक्त अवधिमा घरेलु हिंसाका ७६ , बलात्कार १२, यौन दुर्व्यवहार ८, बलात्कारको प्रयास ३, कुटपिट २०, हत्या ५ लगायतका घटना घटेको ओरेक नेपाल कि जिल्ला संयोजक सर्मिला निरौलाले बताउनुभयो।
बलात्कारका घटनाहरूमा (५ वर्षको बालिका देखि ३५ वर्ष) सम्मका महिलाहरू पीडित रहेको तथ्याङ्कमा उल्लेख छ । बलात्कार प्रकृतिका घटना नातेदार , छिमेकी, साथिभाई तथा परिचित व्यक्तिहरूबाट भएको जनाइएको छ ।
घरेलु हिंसा र हत्याको घटनामा प्रमुख कारण दाइजो देखिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सिरहा शाखा अध्यक्ष मनोज बनैता यादवले कतिपय महिला हिंसाका घटनाहरू समाजमै मिल्ने गरेको बताउनु भएको छ । घटना बाहिरिए पछि समाज र आफन्तले के भन्ला ? भन्ने लाजका कारण बाहिर आउन सकेको छैन । जो घटनाबाट प्रभावित छन्, त्यै समाजबाट अपहेलित भएको कारण पनि कतिपय घटनाहरू समाजमा लुकेको अध्यक्ष यादवले बताउनुभयो ।
महिला हिंसा, दाइजो बालविवाह र छुवाछूत लगायतका घटनाहरू जिल्लामा पर्याप्त भएपनी समाज र परिवारको कारण बाहिर आउने नसकेको सहभागीहरूले बताएका छन् ।
https://ift.tt/3lSa2Em
प्रतिक्रिया लेख्नुहोस्