जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी एकताको दोस्रो राष्ट्रिय सम्मेलन पुस १७ गते देखि १९ गतेसम्म जनकपुरधाममा सम्पन्न हुन भएको छ ।
पार्टीले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक ऋषिराम कट्टेलले कोरोना महामारीका कारणले सम्मेलनको उद्घाटन भर्चुअल माध्यमले १५ सेप्टेम्बरमा नै भए पनि नेतृत्वको चयन जनकपुरधामको समापनबाट हुने बताउनुभयो ।
बहुपदीय निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा देशभरिबाट ३ सय प्रतिनिधि एवं पर्यवेक्षकहरू सहभागी हुने र नयाँ नेतृत्वको चयन गर्ने कार्यक्रम रहेको छ । उहाँले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव सहितका पदाधिकारीहरूको चयन गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
सम्मेलनले यस अघि असोज, कार्तिक र मङ्सिर तीन महिनासम्म प्रदेश स्तरमा ६ वटा समूह विभाजन गरेर राजनीतिक प्रतिवेदन, क्रान्तिको कार्यक्रम नयाँ जनवाद, विधान संशोधन, सङ्गठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन माथि छलफल गरी सम्मेलनको समापनमा सबै दस्ताबेजहरू पारित गर्ने सह–संयोजक लोकनारायण सुवेदीले बताउनुभयो ।
विश्व कम्युनिष्ट आन्दोलन विघटन र पुनर्गठन तीर गएको वेलामा हुन लागेको आफूहरूको राष्ट्रिय सम्मेलनले विभिन्न विषयहरूमा छलफल गर्ने पत्रकार सम्मेलनमा संयोजक कट्टेलले जानकारी दिनुभयो ।
एक प्रश्नको जवाफमा कट्टेलले अमेरिकाले प्रदान गर्ने आर्थिक सहयोगको आफूहरूले विरोध नगर्ने बताउँदै सहयोगको नियत गलत भयो भने विरोध गर्नु पर्ने मान्यता अनुसार नै नेपालले गरेको एमसिसि सम्झौताको विरोध गरेको बताउनुभयो ।
https://ift.tt/3qEdiVl
प्रतिक्रिया लेख्नुहोस्