वीरगंज । वीरगंज महानगरपालिकाको वडा नम्बर १६ नगवास्थित फोहरमैला प्रशोधन केन्द्र परिसर भित्र छुटै निर्माण गरिएको अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्रको आज एक कार्यक्रमका बीच नगर प्रमुख विजय सरावगीले उद्घाटन गर्नुभएको छ ।
महानगरपालिकाले ६ करोड २२ लाखको लागतमा निर्माण गरेको केन्द्रमा अस्पतालजन्य फोहोर व्यवस्थापन गरिने भएको छ ।
वीरगंजमा झण्डै डेढ दर्जन भन्दा बढी अस्पताल रहेको र ती अस्पतालहरूबाट निस्कने फोहोर अत्यन्त संवेदनशील भएको हुँदा त्यसको व्यवस्थापन समुचित ढङ्गले गर्नुपर्ने नगर प्रमुख सरावगीले बताउनुभयो ।
अस्पतालजन्य फोहोरको कारण विभिन्न रोगको सङ्क्रमण फैलिन सक्ने खतरा रहेको हुँदा त्यसलाई अत्याधुनिक मेसिनद्वारा व्यवस्थापन गर्न केन्द्रको निर्माण गरिएको सरावगीले बताउनुभयो ।
सो कार्यक्रममा नारायणी अस्पताल वीरगंजका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर वीरेन्द्र बहादुर प्रधानले वीरगंजमा अस्पतालजन्य फोहोर विसर्जनका लागि पहिलो पटक नमुना काम भएकोमा खुशी व्यक्त गर्नु भयो ।
https://ift.tt/3EQDaD7
प्रतिक्रिया लेख्नुहोस्