Menu

आजको मौसम

प्रजातन्त्र सेनानी स्वर्गीय साहको सालिकको अनावरण

Author
Trilok Khabar |
December 04, 2021
Featured

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाद्वारा पुर्न निर्माण गरिएको प्रजातन्त्र सेनानी स्वर्गीय शुभ नारायण साहको सालिकको आज एक कार्यक्रमका बीचमा अनावरण गरिएको छ । 

जनकपुरधाममा लागु भएको एकीकृत सहरी विकास आयोजनाको सडक विस्तारको क्रममा सालिक क्षतिग्रस्त भएपछि जनकपुरधाम उपमहानगरपालिकाले पटक पटक गरेर प्रदान गरेको १२ लाख तथा चन्दा सङ्कलनबाट प्राप्त भएको रकम गरी कूल १५ देखि २० लाखको लागतमा आकर्षक सालिकको पुनर्निर्माण गरिएको समितिले जनाएको छ । 

जनकपुरधामको मिल्स एरियामा पुनर्निर्माण गरिएको सालिक निक्कै बलियो एवं आकर्षक रहेको छ ।  

प्रजातन्त्रको आन्दोलनको क्रममा प्रहरीको दमनबाट गम्भीर रुपमा घाइते भएका साहको उपचारको क्रममा अस्पतालमा नै मृत्यु भएको थियो । 

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर साहले आज पुनः निर्माण गरिएको नव निर्मित सालिकको अनावरण गर्नुभयो । 

नगरप्रमुख साहले लोकतन्त्र तथा प्रजातन्त्रको आन्दोलनमा अग्र मोर्चामा रहनुभएका प्रजातन्त्र सेनानी स्वर्गीय शुभ नारायण साहको योगदानको सम्मान गर्दै नगरपालिकाले रकम खर्च गरेर आकर्षक एवं बलियो सालिकको निर्माण गरेको बताउनुभयो । 

सालिक निर्माण समितिका अध्यक्ष जगदीश महासेठको अध्यक्षतामा भएको सो कार्यक्रमका सहभागीले प्रजातन्त्र सेनानी स्वर्गीय साहको योगदान माथि चर्चा गर्नुभएको थियो । 

प्रजातन्त्र सेनानी स्वर्गीय साह नेपाली काँग्रेसका युवा नेता हुनुहुन्थ्यो । 



https://ift.tt/3lvvjmL

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3